२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ प्रशिक्षक नेपाल आए



अ+ अ-

काठमाडौं । खुला प्रतिस्पर्धाबाट प्रशिक्षकको जिम्मेवारी सुम्पिएको नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार अस्ट्रेलियाली प्रशिक्षक डेभ वाटमोरलाई स्वागत गरेको छ । एक कार्यक्रमको आयोजना गरेर क्यानले नवनियुत्त प्रशिक्षक वाटमोरलाई जिम्मेवारी सुम्पिएको हो । 

भारतीय प्रशिक्षक उमेश पटवालको बर्हिगमन पछि रिक्त भएको पदमा अस्ट्रेयाली प्रशिक्षक डेभ वाटमोर, नेपाली टोली सम्हाल्न नेपाल आउनुभएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार एक कार्यक्रम गरी प्रशिक्षकलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो । सार्वजनिक गरेको कार्यक्रममा नवनियुक्त प्रशिक्षक वाटमोरले २०१८ मा नेपालले पाएको एक दिवसीयको मान्यतालाई जोगाउन प्रयास गर्ने बताउनुभयो ।

यस अघि पनि प्रशिक्षकको जिम्मेवारी सम्हालिसक्नुभएका प्रशिक्षक वाटमोरले १९९० यता पाकिस्तान, बंगलादेश, श्रीलंका र जिम्बावेलगायत टोलीको मुख्य प्रशिक्षक भएर काम गरिसक्नुभएको छ । सन १९९६ मा श्रीलंकाले एकदिवशीय विश्वकप क्रिकेटको उपाधि जित्दा वाटमोर टोलीका मुख्य प्रशिक्षक हुनुहुन्थ्यो । तर सन् २०१६ को ट्वान्टी–२० विश्वकपमा जिम्बावेले कमजोर प्रदर्शन गरेपछि त्यहाँको क्रिकेट संघले वाटमोरलाई बर्खास्त गरेको थियो । उनै प्रशिक्षकलाई क्यानले जनवरी १ तारिखदेखि लागू हुने गरी नियुक्त गरेको हो । एक वर्षे सम्झौतामा नेपाल आउनुभएका वाटमोरले युवा र अनुभवि खेलाडीलाई संयोजन गरी टोलीलाई  प्रशिक्षण दिन बताउनुभयो ।

व्यक्तिगत क्रिकेट करियरमा  वाटमोरले अस्ट्रेलियाका लागि सात टेस्ट र एउटा एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्नुभएको छ । नेपाली टोलीले प्राप्त गरेको एक दिवसीय मान्यतालाई जोगाई राख्ने, ग्रासरुट लेभल र यु–१९ तथा महिला टोलीको कन्सल्टेन्ट रुपमा सहयोग गर्ने विषयमा छलफल भएको क्यानका सचिव अशोक नाथ प्याकुरेलले जानकारी दिनुभयो ।

नवनियुक्त प्रशिक्षक वाटमोरले बिहीबार कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको मैदान भ्रमण गर्नुभएको छ ।