८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

विराटनगर र वालिङले बराबरी खेल्दा एपिएफले चन्द्रपुरलाई हरायो



अ+ अ-

काठमाडौं । राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा राष्ट्रिय महिला लिग वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङबराबरी खेल्दादिनको पहिलो खेलमा एपिएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६–० को फराकिलो अन्तरले हराएको छ । 

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा बिहीबार भएको दोस्रो खेलमा वालिङ र विराटनगरले १–१ गोलको बराबरी खेलेका हुन । प्रतिस्पर्धात्मक बनेको दिनको दोस्रो खेलमा वालिङले लिएको सुरुआती अग्रतालाई दोस्रो हाफमा कायम राख्न नसक्दा अंक बाँडेको हो । वालिङले दोस्रो मिनेटमा नै सम्झना शर्माको हेड गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफमा विराटनगरले सुधारिएको खेल देखाउँदै खेलमा फर्किन सफल भएको थियो । विराटनगरकी आशा कुमारीले ६३ औं मिनेटमा फ्रिकिकबाट गोल गर्दै टोलीलाई हारबाट जोगाएकी थिइन् । त्यसपछि खेलमा फर्किन संघर्षरत वालिङ सुखद नतिजाका लागि फर्किन प्रयास गरे पनि पाएका अवसर सदुपयोग गर्न सकेन । विराटनगरकी गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गर्दा वालिङ निराश भएको थियो । अंक बाँडेको वालिङले दोस्रो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ भने विराटनगरले एपीएफ क्लबको सामना गर्नेछ ।

यस अघि बिहीबारै सम्पन्न दिनको पहिलो खेलमा सावित्रा भण्डारीको ह्याट्रिकको मद्दतमा विभागीय टोली एपिएफले विजयी सुरुआत गर्यो । एएिफले चन्द्रपुर नगरपालिका रौतहटमाथि ६–० को फराकिलो जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको हो । राष्ट्रिय टोलीका खेलाडीको बर्चश्व रहेको एपिएफले मोफसलको टोली चन्द्रपुर नगरपालिकालाई दबाब राखेर खेल देखाएको थियो । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मैदानमा एपिएफलाई जिताउन सावित्रा भण्डारीले ह्याट्रिक गर्दा कप्तान अनिता बसनेत, अञ्जली कुमार योन्जन र प्रिति राईले एक÷एक गोल आफ्नो नाममा लेखाए ।

अधिकांस समय बलमा पकड जनमाएको एपिएफका सावित्रा भण्डारीले  १४ औं, ६२औं र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरागर्दा २२ औं अञ्जली, ६४औं मिनेटमा कप्तान अनिता र ८९ औं मिनेटमा पुजा राईले गोल गरेका थिए ।

सहज तिज निकालेको एपिएफले स्पष्ट ३ अंक जोडेको छ । माघ २१ गते सम्म सञ्चालन हुने महिला लिगमा तीन विभागीयसहित ७  टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा शुक्रबार एन्फा कम्प्लेक्समा चौदण्डीगढी नगरपालिका उदयपुर र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।