२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टाढाका विद्यार्थीलाई आवासीय सुविधा



अ+ अ-

ढोरपाटन । बागलुङ नगरपालिकाले नयाँ शैक्षिकसत्र सुरु भएसँगै विद्यार्थी कम भएका विद्यालयको तह मिलान गरेको छ । नगरपालिकाले यस वर्ष ३५ विद्यालयको तह मिलान तथा स्थगन गरेको हो । पछिल्लो समय गाउँका विद्यालयमा विद्यार्थीको सङ्ख्या निकै कम छ । यस शैक्षिकसत्रमा ३३ विद्यालयको तह मिलान र दुई विद्यालय स्थगन गरेको हो । तह मिलान तथा स्थगनपछि समस्यामा परेका विद्यार्थीलाई लक्षित गरी यसै वर्षदेखि तीन विद्यालयलाई आवासीय बनाइने भएको छ ।

देशैभरमा सबैभन्दा बढी विद्यालय हुने नगरपालिकाकारूरुपमा रहेको बागलुङ नगरपालिकाले अघिल्लो वर्ष वडा नं १२ स्थित कालीगण्डकी प्राथमिक विद्यालय र वडा नं १३ स्थित लक्ष्मीनारायण पाठशाला स्थगन भएका थिए । यस वर्ष वडा नं ९ स्थित रानीभूमे प्राथमिक विद्यालय र सोही वडाको सरस्वती प्राथमिक विद्यालयलाई स्थगन गरिएको हो ।

स्थगनपछि विद्यालय टाढा पर्ने विद्यार्थीका लागि आवासीय सुविधा दिनेगरी काम अगाडि बढाइएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । पहिलो चरणमा भौगोलिक, सामाजिक, आर्थिक कारणले विद्यालयको पहुँचमा पुग्न समस्या भएका बालबालिकाका लागि आवासीय सुविधा दिने उहाँको भनाइ छ ।

नगर उपप्रमुख खड्काका अनुसार बागलुङ–७ स्थित विश्वकर्मा माध्यमिक विद्यालय, वडा नं ११ को महाविद्याजन माध्यमिक विद्यालय रायडाँडा र वडा नं १२ को पृथ्वीहिणन्य माध्यमिक विद्यालयलाई आवासीय रूपमा सञ्चालन गरिने छ । विद्यालयमा विद्यार्थी सङ्ख्या थोरै हुँदा शिक्षण क्रियाकलाप प्रभावकारी नहुने र बढी खर्च हुने हुँदा विद्यालयको तह मिलान तथा स्थगन गरेको उहाँको भनाइ छ । तह मिलानपछि शैक्षिक गुणस्तरसमेत वृद्धि हुने उपप्रमुख खड्का बताउनुहुन्छ ।

“नगरपालिकामा झण्डै सयको हाराहारीमा विद्यालय छन्, ती विद्यालयमा विद्यार्थी निकै कम भएको हुँदा यस वर्ष हामीहरूले धेरै विद्यालयको तह मिलान गरेका छौँ, पोहोर र यस वर्ष गरी चार विद्यालय स्थगन नै गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “सुरुआती चरणमा तीन विद्यालयमा आवासीय सुविधा दिनेगरी सञ्चालनको तयारी छ, पछि आवश्यकताका आधारमा अन्य विद्यालयमा पनि आवासीय सुविधा थप्ने योजना छ ।”

शिक्षा अनुगमन समितिले नगरपालिकाभित्रका ४८ विद्यालय अध्ययन गरी आवश्यकता र समस्याको पहिचान गरी विद्यालयको स्थगन तथा तह मिलान गरिएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिनुभयो । तह मिलनपछि अब बाल विकास केन्द्र सञ्चालन हुने विद्यालयको सङ्ख्या आठ, बाल विकास केन्द्र र कक्षा १ मात्र सञ्चालन हुने विद्यालयको सङ्ख्या ११, कक्षा १ मात्र सञ्चालन हुने विद्यालय एक, कक्षा १ देखि ३ सम्म सञ्चालन हुने विद्यालय सङ्ख्या पाँच, कक्षा १ देखि ४ सम्म सञ्चालन हुने विद्यालय दुई र चार विद्यालयमा कक्षा १ देखि ६ सम्म सञ्चालन हुने तथा विद्यालय स्थगन र तह मिलानपछि शिक्षकहरूलाई सोही वडाभित्रका आवश्यक रहेका विद्यालयमा दरबन्दी मिलान गरी व्यवस्थापन गरिने उहाँको भनाइ छ ।

शिक्षा अनुगमन समितिले तय गरेको मापदण्डअनुसार स्थगनपछि विद्यार्थी बढ्ने विद्यालयलाई व्यवस्थापनका लागि रु दुई लाख र प्रत्येक तह मिलान हुने विद्यालयलाई प्रतिकक्षा रु २५ हजारका दरले रकम उपलब्ध गराउने पोखरेलले बताउनुभयो । बालबालिकाका लागि नेपाल सरकारले दिएको रु १५ दिवा खाजामा नगरपालिकाले रु पाँच थप गरिदिने उहाँको भनाइ छ ।

विद्यालय स्थगन र तह मिलानपछि नगरपालिकाले एक वडा एक आवासीय विद्यालय, पढ्दै कमाउँदै कार्यक्रमजस्ता व्यावसायिक र प्राविधिक स्कुल निर्माण गर्ने उद्देश्य राखेको र यस्ता खालका शिक्षामा लगानी गरेमा मात्रै शैक्षिक गुणस्तर वृद्विमा प्रभावकारी भूमिका खेल्ने उहाँ बताउनुहुन्छ । सो नगरपालिकामा ८२ सामुदायिक र २० संस्थागत विद्यालय सञ्चालनमा छन् । पालिकाभर १६ हजार विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ । रासस




भर्खरै