२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन लिभरपुल बर्नलीसँग पराजित



अ+ अ-

लन्डन । बिहीबार च्याम्पियन लिभरपुलले पुछारतिरको बर्नलीसँग १–० ले स्तब्धपूर्ण हार बेहोरेको छ । यससँगै एनफिल्डमा लिभरपुलको ६८ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ । यस्तै लिभरपुलको उपाधिरक्षाको सम्भावना पनि कमजोर बनेको छ ।

खेलको ८३औं मिनेटमा गोलरक्षक एलिसन बेकरले एसली बार्नसलाई लडाए । त्यसमै प्राप्त पेनाल्टीमा बार्नसले निर्णायक गोल गरे । योर्गन क्लोपको लिभरपुलले लिगका लगातार चार खेलमा गोल गर्न सकेको छैन ।

लिगका पछिल्ला पाँच खेलमा जितहीन रहेको लिभरपुल चौथो स्थानमा छ । यो शीर्ष स्थानमा रहेको पारम्परिक प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडसँग ६ अंकको दूरी हो । बर्नली भने १९ अंकसाथ १६औं स्थानमा रह्यो ।