२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विजयोत्सवमा सहभागी हुन एमाले अध्यक्ष ओली इलाम जाँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विजयोत्सवमा सहभागी हुन आज इलाम जाँदै हुनुहुन्छ ।

इलाम क्षेत्र २ मा सम्पन्न प्रतिनिधिसभा उपनिर्वाचनमा एमाले उम्मेदवार सुहाङ नेम्बाङ विजयी हुनुभएपछि विजय उत्सव समारोहलाई सम्बोधन गर्न ओली इलाम जान लाग्नुभएको हो ।

ओलीले दिउँसो १ बजे इलाम चोकबजारमा सम्बोधन गर्ने कार्यक्रम छ । विजयी भएका नेम्वाङलाई शुभकामना दिन भेटघाट कार्यक्रम भने ११ बजेबाट राखिएको छ ।

आज विहान सम्पन्न मतगणनामा कांग्रेस उम्मेद्वार डम्बरबहादुर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पछि पार्दै सुहाङ विजयी हुनुभएको थियो । उहाँले २७ हजार ७७२ मत प्राप्त गर्दा कांग्रेस उम्मेद्वार खड्काले २१ हजार ९४२ मत ल्याउनुभयो ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम ११ हजार ४५७ मतसहित तेस्रो हुनुभएको छ भने रास्वपा उम्मेदवार मिलन लिम्बू ५ हजार ५० मतसहित चौथो हुनुभएको छ ।