२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका
अ अ+ अ-

बसेरी, (धादिङ) । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाएको छ । सङ्घीय राजधानी काठमाडौँबाट पाँच घण्टाको सडकमार्गबाट पुगिने गङ्गाजमुनाभित्र रहेको प्राकृतिक सम्पदा र विभिन्न जातजातिको संस्कृतिमार्फत पर्यटन प्रवद्र्धनको कामलाई अगाडि बढाइएको हो ।

पछिल्लो समय जथाभावी रुपमा स्थानीय निकायले मोटरबाटो खनेर पदमार्ग मासिरहेका बेला गङ्गाजमुनाले भने गाउँपालिकाभित्रका सातवटै वडा जोड्ने गरी नयाँ पदमार्गको कामलाई अगाडि बढाएको छ । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न अगाडि बढाइएको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवद्र्धनात्मक तथा अन्वेषणात्मक कार्य सुरु गरिएको छ । गङ्गाजमुना गाउँपालिका र ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल ९टान०ले सुरु गरेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को प्रवद्र्धनात्मक तथा अन्वेषणात्मको कामको आइतबार सोही गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले शुभारम्भ गर्नुभयो ।

गोरखाको आरुघाट गाउँपालिका–४ आर्खेत बजारदेखि बुढाथुम–बाथलडाँडा–लामोपुल–बसेरी–भैँसे–तीनसुरे–पोखराडाँडा–री–गुम्दी हुँदै फूलखर्क जोड्ने उक्त पदमार्गको बुढाथुममा भव्य समारोहबीच शुभारम्भ गरिएको हो । गाउँपालिका अध्यक्ष लामा धार्मिक, सांस्कृतिक एवं प्राकृतिक महत्व भएको गङ्गाजमुनामा आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धन गर्न उक्त पदमार्गलाई अगाडि बढाइएको बताउनुुहुन्छ ।

यसअघि धादिङको रुवीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रूपमा उक्त पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवम् प्रवद्र्धन गर्न गाउँपालिकाले टानसँग सम्झौता गरेको थियो । सम्झौतासँगै टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन, पदमार्ग विकास तथा प्रवद्र्धन योजना, पदमार्गको नयाँ नक्सा प्रकाशित, पदयात्रा मार्ग प्रवद्र्धनात्मक वृत्तचित्र निर्माण, पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेलगायतका काम गरिने टानका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद दाहाल बताउनुहुन्छ ।

गङ्गाजमुनाभित्र ‘क्यानोनिङ’ गर्न ठूलाठूला झरना, ‘रक क्वाइबिङ’का लागि ठूलाठूला चट्टानका पहरा, पर्यटक सत्कारका लागि होमस्टे, जीपलाइन, अग्लो र लामो झोलुङ्गेपुल लगायतका पूर्वाधार रहेका छन् । यस्तै, उक्त गाउँपालिकामा ब्रह्माणको भजन, नेवारको लाखे नाच, लामाको परम्परागत घोडा नाच, गुरुङको घाँटु नाच, मगर, राई, घलेलगायतका परम्परागत संस्कृतिको अनुभव लिन पाइन्छ । वरिष्ठ उपाध्यक्ष दाहालका अनुसार पछिल्लो समय टानले नयाँ पदमार्ग विस्तारको कामलाई विशेष प्राथमिकता दिँदै आएको छ ।

गङ्गाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठ गङ्गाजमुनाको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न चालु आर्थिक वर्ष २०८०/८१ मा रु ७० लाख बजेट विनियोजन गरेको बताउनुहुन्छ । “गङ्गाजमुनाबाट चुमभ्याली र रुवीभ्याली हुँदै लाङटाङ जोड्ने ‘ग्रीन ट्रेकिङ ट्रेल’लाई पालिकाले गौरवको आयोजनाका रुपमा अगाडि बढाएको छ”, उहाँ भन्नुहुन्छ ।

होमस्टे प्रवद्र्धन कार्यक्रमका लागि गाउँपालिकाको वडा नं ३ स्थित अम्बोटे गुरुङ गाउँमा ‘होमस्टे’, वडा नं ६ को भैँसे गाउँमा ‘भैँसे पाहुना घर’ निर्माण भइरहेको छ । गङ्गाजमुनाको पर्यटन प्रवद्र्धन गर्न ठाउँठाउँमा सूचना पाटी निर्माण, पर्यटन मन्त्रालय र पर्यटन बोर्डको सहकार्यमा ‘गङ्गाजमुना पर्यटन पूर्वाधार विकास योजना’अन्तर्गत गङ्गाजमुना मन्दिर परिसरमा मन्दिर, भजन मण्डली, पाहुना घर, गुम्बा निर्माणलगायत काम अगाडि बढाइएको छ ।

‘कृषि, पर्यटन र पूर्वाधार : गङ्गाजमुना विकासको आधार’ नारा बोकेको उक्त गाउँपालिकाले अन्य गाउँपालिकाको सहकार्यमा नर्सिङ धाम–गङ्गाजमुना–सल्यानकोट माई मन्दिरलाई धार्मिक पर्यटन सर्किटका रुपमा विकास गर्न लागेको छ । नयाँ पदमार्ग अगाडि बढाएसँगै गङ्गाजमुना गाउँपालिकाको पर्यटकीय विकासमा सहयोग पुग्ने गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल बताउनुहुन्छ । पूर्वपर्यटन व्यवसायीसमेत रहनुभएका उहाँ स्थानीय उत्पादन र यहाँको संस्कृतिलाई पर्यटनसँग जोड्दै समृद्ध गङ्गाजमुना निर्माण गर्न पदमार्गबाट सहयोग पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ । उक्त पदमार्ग भएर समुद्र सतहदेखि पाँच सय ५० मिटर उचाइमा रहेको गोरखाको आर्खेत बजारदेखि तीन हजारभन्दा बढी उचाइसम्म रहेको तीनसुरे ‘भ्यू प्वाइन्ट’ सम्म पुग्न सकिन्छ । रासस