४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगातार दोस्रो जितको खोजिमा नेपाल



अ+ अ-

काठमाडौँ । नेपालले आज आइतबार वेस्ट इन्डिज ‘ए’विरुद्ध दोस्रो खेल खेल्दैछ । ५ खेलको टी–२० शृङखला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो ।

दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२ः१५ बजे सुरु हुनेछ ।

नेपाल आज पनि जित निकाल्दै सिरिजमा अग्रता चाहन्छ । यसअघि हिजो शनिबार भएको खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले पराजित गरेको थियो ।

अर्कोतर्फ वेस्ट इन्डिज ‘ए’ आजको खेलमा जित निकाल्दै सिरिजमा बराबरी गर्न चाहन्छ ।