३ असार २०८३, बुधबार
,
Latest
उर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको एकतावद्ध प्रयास र प्रभावकारी पैरवी आवश्यकः गणेश कार्की निजी क्षेत्रमैत्री विद्युत ऐनका लागि पहल गर्ने इप्पान अध्यक्ष डाँगीको प्रतिवद्धता समावेशी समाज निर्माण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी बजेट तर्जुमा गरिएको छः मन्त्री वादी मानव बेचविखन तथा ओसापसार नियन्त्रण ऐन, २०६४ को संशोधन प्रक्रिया शुरु भइसकेको छः मन्त्री बादी भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न कुटनीतिक पहल जारी छः अर्थमन्त्री व्यवसायीका सुझावअनुसार नीति सच्याउन तयार छौँः अर्थमन्त्री डा. वाग्ले सबै जिल्लाका दलित परिवारलाई सामाजिक अन्तरघुलन गराउने प्रयास गर्छौंः मन्त्री पौडेल असार तेस्रो हप्तादेखि सुकुम्बासीलाई लालपुर्जा वितरण गरिने सहकारी पीडितहरुको लागि वितरण गरिएको बजेट राज्यकोषको होइनः मन्त्री रावल स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटनविरूद्धका मुद्दामा बहस सुरु



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । 

सोमबारको सुनुवाइमा कानुन व्यवसायी मेघराज पोखरेलले संसद् र संसदीय दल रहँदासम्म प्रधानमन्त्रीले आफ्नो विकल्प छैन भन्न नपाउने तर्क गरे । 'विकल्प दिने र खोज्ने काम संसद र संसदीय दलको हो', उनले भने । 

उनको तर्क सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले प्रश्न गरे, 'प्रधानमन्त्री छनोट गर्न नसकेर संसारमा कतै संसद विघटन भएको उदाहरण छ : संसदमा विकल्प छैन भने पनि संसदीय दलमा खोज्नुपर्छ भन्नुभएको हो ? संविधानको धारा ७६ को १ बमोजिमको सरकार भएमा संसदीय दलमा विकल्प खोज्नुपर्छ भन्नुभएको हो ?'

प्रधानन्यायाधीश राणासहित सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा, विश्वम्भरप्रसाद श्रेष्ठ, र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा आज पनि रिट निवेदकतर्फका कानुन व्यवसायी बहसमा छन् ।  

 




भर्खरै