१ असार २०८३, सोमबार
,
Latest
शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएर सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः सांसद थेवे गर्मीबढेसँगै महोत्तरीमा सर्प दंशका बिरामी बढे सरकारले संसदीय पद्धति र राष्ट्रिय हित विपरित कार्य गर्‍यो : महासचिव पोखरेल ऊर्जा मन्त्रालयको हटलाइन ११५१ मार्फत १३ हजारभन्दा बढी गुनासो समाधान एमाले प्रचार शैली प्रविधि अभावका कारण ‘रक्षात्मक’ बनेको स्वीकार, डिजिटल दक्षता बढाउन जोड सुस्तामा सीमा सुरक्षाका लागि सरकारले तत्काल सशष्त्र प्रहरीको स्थायी क्याम्पको व्यवस्था गर्नुपर्दछः सचेतक मेचे सङ्घीय निजामती ऐन तत्काल जारी गर्न लोक सेवा आयोगको आग्रह, एकल विश्वविद्यालय सेवा आयोग बनाउन… १८ दिन बितिसक्दा समेत मन्त्रालयगत बजेट विवरण सार्वजनिक नगरिएको भन्दै नेकपाले उठायो सरकारको पारदर्शितामाथि प्रश्न काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८३\०८४ का लागि नीति तथा कार्यक्रम पारित भारतसँग देखिएको चिया निर्यात सम्बन्धि समस्या सरकारले तत्काल सम्बोधन गरोस्ः जयन्तिदेवी राई
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउनबिच पनि विकास निर्माणका काम रोकिएन्न : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको कहरका बिचमा विकास निमाणका काम नरोकिएको बताएका छन् । सोमबार राप्ती नदीमा निर्माण भएको पुलको उद्घाटन गर्दै ओलीले लकडाउनबिच पनि विकास निर्माण नरोकिएको दाबी गरेका हुन्।

प्रधानमन्त्री ओलीले पुलको उद्घाटन गर्दै कोरोना प्रभाव बिच पनि विकास निर्माणको गति नरोकिएको भन्दै यो पुल एउटा उदाहरण भएको टिप्पणी गरेका छन्।

‘अब मुलुक विकासमा अघि बढिसक्यो। लकडाउन बिच पनि यो पुल हामीले समयमै निर्माण सम्पन्न गर्यौं। नेपालमा विकासको गति नरोकिएको यो पुल एउटा गतिलो उदाहरण हो’, प्रधानमन्त्री ओलीले भने।

यद्यपी प्रधानमान्त्री केपी ओलीले आज उद्घाटन गरेको पुल एक वर्ष अघिनै निर्माण सम्पन्न भइसकेको थियो।  कार्यक्रममा उनले पुल निर्माण कम्पनी र केही स्थानीयलाई सम्मानसमेत गरेका थिए।

बर्दियाको गेरुवा नदीमा पुल बनाएकै कम्पनी द एएनके लुम्बिनी वाइपी जेभीले देउखुरीको राप्ती नदीको पुल बनाउने जिम्मा पाएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ मङ्सिर २२ गते पुल शिलान्यास गरेका हुन् ।

पुलमा छोटो मन्तब्य राख्ने क्रममा प्रधानमन्त्री ओलीले राप्तीमा तटबन्ध गरी यहाँ विकासका धेरै काम गर्न सकिने भन्दै  त्यतातिर अब सरकारको ध्यान जाने बताए।




भर्खरै