२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा News Polar बूढीगण्डकी बाढीः नेपाली सेनाको उद्धार टोली प्रभावितस्थलमा News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

कपिल शर्माले आमिर खानलाई सोधे – तेस्रो बिहे कहिले गर्ने ?

कपिल शर्माले आमिर खानलाई सोधे – तेस्रो बिहे कहिले गर्ने ?
अ अ+ अ-

एजेन्सी । बलिउड अभिनेता आमिर खान चाँडै कपिल शर्माको कमेडी शो ‘द ग्रेट इन्डियन कमेडी’ मा देखिने भएका छन् । यस शोको प्रोमो सामाजिक सञ्जालमा बाहिरिएको छ, जसलाई हेरेर कपिलले यसपटक आमिरसँग निकै रमाइलो गर्ने बताइएको छ ।

यस शोको प्रोमो कपिलबाट सुरु हुन्छ । कपिल धेरै ट्रफी लिएर स्टेजमा आउँछन् । कपिलले यी ट्रफीहरू स्टेजमा ल्याउँछन् किनभने उनी देखाउन चाहन्छन् कि यी सबै ट्रफीहरू आमिर खानका हुन् ।

आमिर शोमा आउने बित्तिकै शोका दर्शकले ताली बजाएर स्वागत गर्छन् । यस शोमा कपिलले आमिरको व्यक्तिगत जीवनसँग सम्बन्धित केही कुराहरूबारे कुरा गरे र आमिरले पनि शोमा बिना कुनै हिचकिचाहट आफ्ना छोराछोरीको बारेमा कुरा गरे ।

शोका क्रममा आमिरले आफ्ना छोराछोरीले उनको कुरा पटक्कै नसुन्ने बताएका थिए । आमिरले यो पनि भने कि आमिरले शोमा के लगाउने भन्ने बारेमा उनको घरमा लामो छलफल भएको थियो । आमिर सर्ट लगाएर शोमा आउन चाहन्थे तर उनका छोराछोरीले उनलाई प्यान्ट लगाएर पठाइदिए ।

यस कार्यक्रममा आमिरले आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ र ‘ठग्स अफ हिन्दोस्तान’ बारे पनि कुरा गरे । कपिलले ती दुवै चलचित्रले खासै राम्रो व्यापार नगरे पनि दुवै चलचित्रले मनग्य आम्दानी गरेको बताए । जब शोको स्थायी अतिथि अर्चना पूरन सिंहले आमिरलाई अवार्ड शोमा किन नजाने भनेर सोधिन् । आमिरले भने, ‘समय निकै मूल्यवान छ, यसलाई सहि सदुपयोग गर्नुपर्छ ।’

कपिलले आमिरलाई तेस्रो बिहेबारे सोधे कि ‘तपाईलाई लाग्दैन कि अब तपाई सेटल हुनुपर्छ ?’ कपिलको यो बयानमा आमिरले केही भनेनन्, बरु उनको कमेन्टमा हाँसे । आमिरले दुई पटक विवाह गरेका छन् । पहिलो रीना दत्त र दोस्रो किरण राव । आमिरका तीन सन्तान छन् ।