१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रका उप महासचिव हरिवोल गजुरेल भन्छन्– सुहाङ्गले जिती सके



अ+ अ-

इलाम । नेकपा माओवादी केन्द्रका उप महासचिव हरिवोल गजुरेल वामपन्थीहरूको एकतालाई नयाँ शिराबाट उठाउन सुहाङ्ग नेम्बाङ्गलाई इलाबाट जिताउनु पर्ने बताए ।

नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभामा बोल्दै गजुरेलले नयाँ शिराबाट वामपन्थीहरूको एकताका लागि इलामले सन्देश दिनु पर्ने बताए । उनले २०७४को निर्वाचनमा वामपन्थीहरू गठबन्धन भएको र पछि गठबन्धन टुटेका कारण धेरै पिडाहरू भएको बताए । हामी इतिहासबाट पाठ सिकेर फेरी एक भएर आएका छौ । वामपन्थीको हाम्रो एकताको सन्देश दिन सुहाङ्गलाई जिताउनु पर्छ ।

उनले इलाम वामपन्थीहरूको किल्ला भएको दाबी गर्दै बापन्थीहरुको किल्लाबाट एकताको सन्देश दिन आवश्यक रहेको बताए । चुनावी सभामा सुभाष नेम्बाङ्गको योगदानको चर्चा गर्दै सहाङ्ग नेम्बाङ्गको जीत भइसकेको बताए ।

उनले भने अत्यधिक बहुमतले जिताएर बामपन्थीहरुको एकताको सन्देश राष्ट्रलाई दिनु पर्छ । हिजो को को बाटा गल्ती भयो रु कमजोरीहरू के के भए केलाउँला रु तर अहिले सबै कुरा बिर्सिएर नेपालमा मात्रै होइन विश्वभर वामपन्थी एकताको सन्देश दिनुपर्छ ।