२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने



अ+ अ-

कर्णाली : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्री कँडेलले यही वैशाख १३ गते विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराउनुभएको थियो ।

नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिने सहमति भएसँगै माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुने भएको छ ।

माओवादी केन्द्रले चार मन्त्रालय प्राप्त गरेपश्चात् सरकार विस्तार हुने वातावरण बनेपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने मिति तय भएको कर्णाली प्रदेशसभामा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक रनसिंह परियारले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशसभामा नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईले प्रदेश सरकार विस्तार तथा मन्त्रालय बाँडफाँटबारे सत्ता साझेदार दलबीच सहमति भएको बताउनुभयो ।  रासस