२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन News Polar कांग्रेस महाधिवेशन : आज तीन समूहका पदमा मतगणना हुँदै News Polar निर्मलराज पौडेलको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत सार्वजनिक News Polar बूढीगण्डकीमा बाढी : बेनीघाटसम्म अति उच्च जोखिम, त्रिशूली र नारायणी किनारमा सतर्कता अपनाउन आग्रह News Polar बूढीगण्डकी बाढीः नेपाली सनाको उद्धार टोली प्रभावितस्थलमा

आजको आईपीएलः चेन्नई र लखनउ भिड्दै

आजको आईपीएलः चेन्नई र लखनउ भिड्दै
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज मंगलबार चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक) मा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

दुबै टोली जारी सिजनमा दोस्रो पटक आमनेसामने हुनेछन् । यसअघिको भेटमा लखनउ ८ विकेटले विजयी भएको थियो ।

यो खेल दुवै टोलीको यो सिजनको आठौं खेल हुनेछ । दुवै टिमले ७ मध्ये ४ कम जित र ३ खेलमा हार ब्यहोरेका छन् । तर, राम्रो रन रेटका कारण चेन्नई चौथो स्थानमा र लखनउ पाँचौं स्थानमा छ ।

आईपीएलमा चेन्नई र लखनउबीच ४ खेल खेलिएको छ । २ मा लखनउ र १ मा चेन्नई विजयी भएको थियो । दुईबीचको एक खेल अनिर्णित रह्यो ।

५ पटकको आईपीएल च्याम्पियन चेन्नई सुपर किंग्सले यस पटक ३ खेलमा हार बेहोरेको छ भने चेपौक मैदानमा मात्रै ४ मध्ये ३ जित निकालेको छ । आजको खेल पनि चेपौकमा हुने भएकाले टोलीको जितको सम्भावना पनि उच्च छ । तर, लखनउ, दिल्ली र हैदरावादसँग ३ हार बेहोरेको टोलीले आज फेरि लखनउसँग खेल्दैछ ।

टोलीका लागि अलराउन्डर शिवम दुबेले सर्वाधिक रन बनाएका छन् । उनले ७ खेलमा २४५ रन बनाएका छन् । कप्तान रुतुराज गायकवाड २४१ रन बनाएर दोस्रो स्थानमा छन् । यो सिजन मुस्ताफिजुर रहमान र मथिश पाथिरानाले राम्रो प्रदर्शन गरिरहेका छन् । मुस्ताफिजुर ११ विकेटका साथ टिमका सर्वाधिक विकेट लिने बलर हुन् ।

अर्कोतर्फ लखनउले सिजनको पहिलो खेल राजस्थानसँग हारे पनि त्यसपछि लगातार ३ खेल जितेको थियो । दिल्ली र कोलकातासँग हार बेहोरे पनि अन्तिम खेलमा चेन्नईलाई पराजित गर्दै टोलीले पुनरागमन पनि गरेको छ । लखनउका कप्तान केएल राहुल सर्वाधिक रन बनाउने खेलाडी हुन्, उनले ७ खेलमा २८६ रन बनाएका छन् । यस्तै, यश ठाकुरले टोलीका लागि सर्वाधिक (८ विकेट) लिएका छन् ।

चेन्नईको एमए चिदम्बरम स्टेडियमको पिच स्पिनरहरूका लागि उपयोगी साबित भएको छ । यहाँ ब्याटिङ गर्न अलि कठिन हुन्छ । अहिलेसम्म यहाँ ७९ आईपीएल खेल खेलिएका छन् । ४७ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेका छन् भने ३२ खेल पछ्याउने टोलीले जितेका छन् । यहाँ उच्चतम टोली स्कोर २४६र५ हो, जुन घरेलु टोली चेन्नई सुपर किंग्सले २०१० मा राजस्थान रोयल्स विरुद्ध बनाएको थियो ।

आजको दिन चेन्नईको तापक्रम २९ डिग्रीदेखि ३५ डिग्री सेल्सियससम्म रहने अनुमान गरिएको छ । आज यहाँ पानी पर्ने कुनै सम्भावना छैन ।