६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीलाई हराउँदै म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको सेमिफाइनल खेलमा चेल्सीलाई १–० गोलले हराउँदै सिटी उपाधि नजिक पुगेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा सिटीलाई जित दिलाउन एकमात्र निर्णायक गोल बर्नार्डो सिल्भाले गरे । उनले खेलको अन्तिमतिर ८४ औं मिनेटमा गोल गरेका थिए ।

सिटीले अब उपाधिका लागि आज राति हुने कोभन्ट्री र म्यान्चेस्टर युनाइटेडबीचको विजेतासँग खेल्नेछ । फाइनल खेल मे २५ मा हुनेछ ।