४ आश्विन २०८१, शुक्रबार
,
Latest
नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती सात प्रदेश अव्यवहारिक र अवैज्ञानिक छ, पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्छः उपेन्द्र यादव प्यालेस्टिनबाट इजरायल हट्नुपर्ने प्रस्ताव राष्ट्रसंघबाट पारित, नेपाल तटस्थ बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव धार्मिक तथा पर्यटकीय सम्पदाको प्रचारप्रसार गर्न ‘हेटौँडा सम्पदा यात्रा’ संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य चिह्न कसैले दाबी नगरे हुन्छ : प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखको निर्वाचनको निम्ति सजग र गतिशिल भएर लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । 

बिहीबार आफु निकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले बैशाखमा चुनाव हुने भएकोले कार्यकर्ताहरुलाई अत्यन्त सजग र गतिशिल भएर लाग्न निर्देशन दिनुभएको हो । बाँकी रहेको तीन महिना राष्ट्रलाई कता लाने भन्ने जीवन मरणको संघर्ष भएकाले यस अवधिमा बढी काम र बढी अभियान लिएर जानुपर्ने उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं. २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नं. १, बागमति प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री ओलीले देशलाई अस्थिरतातर्फ जानबाट रोकेको दाबी गर्नुभयो । पार्टीमा शुद्धिकरण अभियान चलेको बताउँदै उहाँले पार्टीको विकृति, विसंगति, अराजकता, अनुशासनहिनता र स्वार्थी प्रवृति किनारा लागेको बताउनुभयो । पार्टी एक बिचार र एक धारणासाथ एकताबद्ध भएर अघि बढेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओेलीले मजदुर आन्दोलनलाई बलजफ्ती विभाजन गर्न खोजिएको भन्दै विभाजित हुन नदिई एकताबद्ध मजदुर आन्दोलन निर्माण गर्नुपर्ने बताउनुभयो । अल्मल्लिएकाहरुलाई आफुहरुको बाटोमा समाहित गराउनुपर्ने उहाँको भनाई छ । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव पक्ष ३ महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने पनि बताउनुभयो । प्रचण्ड–माधवले पार्टी चलाउने कुरा नभएको भन्दै नागरिक समाजको सम्मानित व्यक्तित्व बनाएर राख्ने टिप्पणी गर्नुभयो ।