२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भिसा प्रक्रिया सुधार नभए थाइल्यान्डको प्याकेज बिक्री बन्द गर्ने नाट्टाको चेतावनी News Polar मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित News Polar ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित News Polar बाढीपहिरोले घिरिङका १० खानेपानी र नौ सिँचाइ आयोजनामा क्षति News Polar जीर्ण सडक मर्मत गर्न र बिटौरी जग्गाको लालपुर्जा वितरण प्रक्रिया अघि बढाउन अनुरोध News Polar १० किलो गाँजासहित एक जना पक्राउ News Polar काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता News Polar संविधानसभा सदस्य पौडेलको निधन News Polar दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु News Polar यु–१८ फुटबलमा वागमती र मधेसको टोली च्याम्पियन News Polar कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा थापाको जोड News Polar बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा News Polar बाढीबाट भएको क्षति निरीक्षण गर्दै ढकालले भने: सामूहिक प्रयासबाट संकट पार लगाउँछौँ News Polar जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते News Polar कूटनीतिक पहुँच सार्वजनिक सम्पत्ति हो, निजी स्वार्थ संरक्षण र स्वार्थको द्वन्द्व स्वीकार्य छैन News Polar भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो News Polar बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र, रातिसम्म आरूघाट चार्ज गर्ने प्रयास News Polar रुसले ऊर्जा युद्धविराम पालना नगरे जवाफी कदम चाल्ने युक्रेनको चेतावनी News Polar अब सवारी दर्ता र नामसारीका लागि सवारीधनी स्वयं यातायात कार्यालय जानु नपर्ने News Polar बेलायतका लागि प्रश्तावित राजदुत जबराको कार्ययोजनाः आर्थिक कुटनीति र गोरखा सम्बन्धलाई प्राथमिकता

मुख, ओठ र जिब्रोमा खटिरा आयो भने चिन्ता नलिनुहोस् , यस्ता छन् घरेलु उपाय

मुख, ओठ र जिब्रोमा खटिरा आयो भने चिन्ता नलिनुहोस् , यस्ता छन् घरेलु उपाय
अ अ+ अ-

काठमाडौं । के तपाईको मुखमा साना-साना बिबिरा, फोका-फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना-कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएको छ ? यस्ता घाउ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि निम्तिन सक्छ। त्यसैले मुखको घाउ, खटिराबाट छुटकारा पाउन निम्न उपाय अपनाउनुहोस्ः

  • मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्न
  • पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
  • हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
  • मह घाउमा लपक्क लगाउने
  • बढी चिल्लो नखाने
  • हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने
  • पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
  • बदाम भिजाएर खाने
  • निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
  • जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने। 

 

के कारणले आउने गर्दछ सेतो दुबी ? यसबाट यसरी बच्न सकिन्छ !कहिलेकाहीँ हाम्रो शरीरको विभिन्न भागको छालामा अस्वाभाविक सेतो दाग देखिन सक्छ। दाग कालो होस् या सेतो। स्वाभाविक भन्दा फरक भएपछि जस्तोसुकै दागले पनि सुन्दरतामा असर गर्छ। छालामा रंगको निर्माण गर्ने कोशिकाहरू नष्ट भएपछि दाग देखिने समस्याहरूको सिर्जना हुन्छ । यी कोशिकाहरूलाई मेलेनोसाइट्स भन्ने गरिन्छ ।

सेतो दागले आँखालाई समेत प्रभावित गराउन सक्छ। सेतो दागको संकेत र लक्षणमा छालाको रंग खराब हुनु या सेतो हुनु, शरीरको कुनै पनि भागको छालामा दाग उत्पन्न हुनु आदि रहेका हुन्छन् ।

सेतो दागको प्रकार।सेतो दाग कतिको गाढा हुन्छ भन्ने आधारमा त्यसलाई विभिन्न प्रकारमा विभाजन गर्ने गरिन्छ। शरीरको कुनै भागमा हुने दाग। बिटिलिगोको यस प्रकारलाई सेगमेन्टल विटिलिगो भन्ने गरिन्छ ।

यो खासगरी कम उमेरका मान्छेमा हुने गर्छ । जो एक या दुई वर्षसम्म बढ्ने गर्छ र फेरि बन्द हुने गर्छ ।शरीरको एक हिस्सामा देखिने दाग।यसप्रकारको विटिलिगोलाई स्थानीयकृत विटिलिगो भन्ने गरिन्छ ।

शरीरको कैयौं हिस्सामा हुने।सेतो दागको सबैभन्दा सामान्य प्रकार भनेको सामान्यकृत विटिलिगो हो । यसमा शरीरको कुनै पनि भागमा भएको सेतो दाग, शरीरको अन्य भागमा फैलिन लागेको हुन्छ ।

सेतो दागका मुख्य लक्षण।सेतो दागका मुख्य लक्षणहरू छालाको रंगको केहीकेही ठाउँमा फिक्का पर्नु आदि हुन्छ । आमरूपमा यस रोगबाट बच्नको लागि सूर्यको किरणलाई आवश्यकताभन्दा धेरै आफ्नो छालामा पर्न दिनु हुँदैन । यसका अलावा सेतो दागको लक्षणमा निम्न कुरा समेत सामेल हुन्छन् ।

  •  छालाको रंग फिका हुँदै जान्छ या सेतो हुँदै जान्छ ।
  •  समयभन्दा पहिले टाउकोको कपाल दारी, आँखीभौं वा परेला आदिको रंग उड्ने या सेतो हुने गर्छ ।
  •  नाक र मुखको भित्र छालाको रंग उड्दै जान्छ ।
  • नेत्रगोलक यानी रेटिनाको भित्रको रंग फिका हुँदै जान्छ ।

सेतो दागका कारण शरीरमा कस्तो कस्तो अन्य रोगको सम्भावना हुन्छ रु भन्ने कुरा बताउन मुस्किल हुन्छ । कैयौं पटक बिनाकुनै उपचार नै नयाँ दाग बन्न पनि हुने गर्छ । तर धेरैजसो सेतो दाग बढ्दै जाने सम्भावना धेरै हुन्छ । यो बिस्तारै लगभग शरीरको सबै हिस्सामा फैलिन पुग्छ । जसमा छालामा पुरानै जस्तो रंग फिर्ता पाउनमा सफल हुने गर्छ। सेतो दागका कारणहरू :

१) विभिन्न कारणले शरीरमा सेता दागहरू आउने गर्छ । एक यस्तो विकारको अवस्थामा शरीरको प्रतिरक्षा प्रणाली स्वयंले रंग उत्पादन गर्ने कोशिकाहरूलाई नष्ट गरिदिन्छ ।

२) स्वप्रतिरक्षित रोग जस्तै स्वप्रतिरक्षित थाइराइड रोग या टाइप १ डायविटिजको प्रभाव पनि पर्न सक्छ ।

३) छालामा अत्यधिक गर्मी हुनु, तनाव या औद्योगिक केमिकल्स आदिको सम्पर्कमा आउनु पनि सेतो दागका कारणहरू हुन् ।

४) परिवारमा पहिले कसैलाई यस्तो समस्या हुनु ।

सेतो दागबाट बच्ने उपाय :

१) आफ्नो छालालाई सूर्यको किरण र अन्य युभी लाइट जस्तो स्रोतबाट बचाउनुपर्छ । यदि तपाईं विटिलाइगोबाट ग्रस्त हुनुहुन्छ या विशेष रूपले तपाईंको छालाको रंग कसैगरी फिका भयो भने एक ब्रोड स्पेक्ट्रम र वाटर रेसिस्टेन्ट सनस्क्रिनको प्रयोग गर्नुपर्छ । सनस्क्रिनलाई पर्याप्त मात्रामा लगाउने र यदि तपाईं पसिना आइरहेको छ या पानीमा काम गर्नुपर्छ भने हरेक २ घण्टामा यसलाई लगाइराख्नुपर्छ ।

२) प्रभावित छालालाई जोगाउनु।खासगरी जब विटिलाइगोको दाग छालाको बाहिर देखिने भागमा हुन्छ, त्यस्तो अवस्थामा दागलाई नदेखिने बनाउन विभिन्न किसिमका औषधिको प्रयोग गर्न सकिन्छ । जसले छिटै छालाको समस्या समाधान गर्न मद्धत गर्छ । आफ्नो छालाको बनोटको आधारमा मेल खाने रंग खोज्नको लागि कैयौं ब्राण्डका प्रोडक्टहरूको प्रयोग गर्न सकिन्छ ।

३) ट्याटुको प्रयोगमा रोक।शरीरमा ट्याटु नबनाउनु या बनाउनु विटिलाइगोको उपचारसँग सम्बन्धित छैन । तर भयावह कुरा यो हो कि टाटुबाट छालालाई भने ठूलो क्षति पुर्‍याउँछ । टाटुबाट प्रभावित छालामा कैयौं पटक २ हप्ताभित्र सेतो दाग सम्बन्धी समस्या पनि निम्त्याउन सक्छ ।

किन आउँछ सेतो दुवी ? कसरी हटाउने रुशरीरमा रोग प्रतिरोधात्मक क्षमता बढी भएमा शरीरमा सेतो दाग आउँने गर्छ । कसैमा वंशाणुगत गुणका कारण सेतो दुवी आउने गर्छ भने कसैलाई बढी डर, तनावमा रहने मानिसमा सेतो दुवी आउने आउँछ । सेतो दुवी रोग होइन तर मानिसहरु सेतो दुवीलाई रोग भन्दा ठूलो समस्याको रुपमा लिन्छन् ।

त्यसैले सेतो दुवी आएमा त्यसलाई हटाउन हरप्रयास गर्छन् । सेतो दुवीलाई सही तरिकाले उपचार गरेमा हटाउन पनि सम्भव छ । सेतो दुवीको उपचार सामान्यतया तीन किसिमले गरिन्छ । औषधि सेवन, फोटो थेरापी र सल्याक्रिया

औषधिको प्रयोग :

सेतो दुवीको उपचारका लागि खाने र दागमा लगाउने औषधि हुन्छ । सेता दागलाई निको पार्न दाग नभेटिएसम्म औषधि सेवन गर्नुपर्छ । सेतो दागको उपचारका लागि चिकित्सकले अनुमती दिएको औषधि सेवन गरी, औषधि खाएको दुईघण्टापछि घाममा बस्नुपर्ने हुन्छ । अनुहार, ढाड, छाती, पेट, कम्मरमा भएको सेतो दाग छिटो निको हुन्छ तर हत्केला र पैतालामा भएको दाग निको हुन समय बढी समय लाग्छ ।

फोटो थेरापी।फोटो थेरापीले छालाको प्रतिरोधात्मक क्षमतालाई नियन्त्रण गरी शरीरको दाग मेटाउन सहयोग पुर्‍याउँछ । सेतो दुवीको उपचार औषधि सेवनबाट नभएमा फोटो थेरापीबाट गर्न सकिन्छ । शल्यक्रिया। सेतोदुवी आएको ठाउँमा छाला प्रत्यरोपण गरेर पनि दाग हटाउन सकिन्छ ।