१ असार २०८३, सोमबार
,
Latest
नाडा र उपत्यका ट्राफिक प्रहरीबिच ट्राफिक व्यवस्थापन सुधार र एआई प्रविधि प्रयोगबारे छलफल पपुलिजमले देशलाई सही दिशा दिन सक्दैन : महासचिव पोखरेल अर्थमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः प्रेमप्रसाद दंगाल समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ: महानिरीक्षक कार्की नेपाल-चीन वैज्ञानिक सहकार्य अब नयाँ चरणमा प्रवेश गर्नुपर्नेमा परराष्ट्रमन्त्रीको जोड नेप्से परिसूचक १२.२६ अङ्कले घट्यो निक्षेप फिर्ताको माग गर्दै कर्णाली डेभलपमेण्ट बैंकका वचतकर्ताद्वारा माईतीघरमा प्रदर्शन बिर्तामोड रोजगार मेलामार्फत १६४ युवाले पाए रोजगारी सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट पुनर्लेखन गर्नुपर्दछः उर्मिला अर्याल सरकारले ल्याएको बजेटमा प्रशस्त कमजोरी छन्ः सांसद रोकाय
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगको छलफलमा नेताहरु



अ+ अ-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षले दल दर्ताको प्रक्रिया अगाडी बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । शुक्रबार निर्वाचन आयोगले बोलाएको छलफलमा सहभागी हुँदै नेकपाका नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन गर्नुको विकल्प नभएको भन्दै तदारुकताका साथ दल दर्ताको काम अघि बढाउन निर्वाचन आयोगलाई आग्रह गरिएको बताउनुभयो । 

उहाँले निर्वाचन आयोगले ढिलो नगरी काम अगाडी बढाउनुपर्ने भन्दै निर्वाचनको काममा आफुहरुको सहयोग र समर्थन रहने पनि बताउनुभयो । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सुचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनि शुक्रबार नेकपाको दुवै पक्षलाई बोलाएको थियो । ओली पक्षको तर्फबाट नेकपा नेता सुवासचन्द्र नेम्वाङ र मन्त्रीद्धय बिष्णुप्रसाद पौडेल र कृष्णगोपाल श्रेष्ठ उपस्थित हुनुभएको थियो । आयोगसँगको छलफल पछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने कुरा निर्वाचन आयोगमा राखिएको जानकारी दिनुभयो । आयोगले निर्वाचनसम्बन्धी तयारी गर्न ढिला गर्नु नहुने उहाँको भनाई छ । नेम्वाङले नेकपा आधिकारिकताको विवाद निर्वाचन आयोगले टुङ्ग्याइसकेको पनि बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले भने छलफलमा अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल उपस्थित हुन चाहेपनि उपत्यकाबाहिर भएका कारण उपस्थित हुन नसकेकोले माघ १८ गतेपछि छलफल राख्न औपचारिक पत्र पठाएको थियो । नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान आयोग पुगरे पत्र बुझाएका थिए । सञ्चारकर्मीमाझ प्रतिक्रिया दिदैँ नेता राजेन्द्र पाण्डेले अध्यक्षद्धयको सहभागिता हुन नसकेका कारण पछि छलफल राख्न आग्रह गरिएको बताउनुभयो । नेकपा आधिकारिकताको सम्बन्धमा विवाद भइरहेको बेला विवाद निरुपण नगरी दल दर्ताको सुचना निकाल्नु नहुने उहाँको भनाई छ । आयोगले निर्वाचन गराउने उद्देश्य नराखेको उहाँको भनाई छ । निर्वाचन आयोगले निधारमा कालो धब्बा लगाउने प्रकारको काम गरेको उहाँले टिप्पणी गर्नुभयो ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौड्यालले नेकपाको दुवै पक्षले निर्वाचन आयोगसमक्ष आधिकारिकताको निम्ति दाबी पेश नगरेको बताउनुभयो । आयोगले निर्वाचनको तयारी गरिरहेको उहाँको भनाई छ । निर्वाचन आयुक्त पौड्यालले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधिकारिकताबारे निर्वाचन आयोगले कुनैपनि निर्णय नगरेको पनि बताउनुभयो ।