३ असार २०८३, बुधबार
,
Latest
एशियाली खेलकुदमा महिला फुटबल टोलीको सहभागिता सुनिश्चित गर्न ऐनबहादुर महरको माग कुवेतका जेलमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बु ओलीको माग भारतको निर्यात अवरोधले इलामका ८३ चिया उद्योग बन्द, कूटनीतिक पहल गर्न सरकारसँग सांसद राईकाे माग सभामुख अर्याल र बङ्गलादेशी राजदूतबीच शिष्टाचार भेट अमेरिका–इरान सम्झौता घोषण पछि लेबनानका विस्थापितहरूको स्वदेश फिर्ती सुरु एभरेष्ट बैंक र नागरिक लगानी कोषबीच अवकाश कोष व्यवस्थापन गर्न सम्झौता सुकुम्बासीको उचित बन्दोबस्ती गर्न सांसदहरूको माग कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण प्रधानमन्त्रीले सीमबारे राष्ट्रघाती अभिव्यक्ति दिनु भयो, आम जनतासँग माफी माग्नु पर्दछः एमाले सांसद राना अतिविपन्न परिवारलाई सुरक्षित आवास बनाउँदै बागमती सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकले विकासको गति लिएको छः अध्यक्ष ओली



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकले विकास गति लिएको बताउनुभएको छ ।

बुढानीलकण्ठ नगरपालिकाले निर्माण गरेको नगर अस्पतालको उद्घाटन समारोहलाई शनिबार सम्बोधन गर्दै उहाँले मुलुकको स्वास्थ्यको स्थिति विगतको भन्दा केही सुध्रिएको बताउनुभयो । उहाँले हिजो ओरोलो लागेको अर्थतन्त्रको स्थितिलाई रोकेर विकासको सकारात्मक बाटोमा मुलुकलाई लैजान वर्तमान सरकार लागेको बताउनुभयो ।

उहाँले कोरोना भाइरसले स्वास्थ्य क्षेत्रमा काम गर्नुपर्छ भन्ने आँखा खोलिदिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले स्वास्थ्यको स्थिति नेपालमा सुध्रिएको छ, अलि राम्रो भएको छ ।” उहाँले जनताले लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धि र संविधान नमान्ने समूह विकास र देश विरोधी शक्ति भएको बताउनुभयो ।

संवैधानिक दायराभित्र आएर संविधानले दिएको अधिकारभित्र रहेर आफ्ना माग राख्न आग्रह गर्दै उहाँले संवैधानिक प्रक्रिया र लोकतान्त्रिक माध्यमबाट नै कुनै पनि समस्या सम्बोधन हुने बताउनुभयो ।

“संवैधानिक र लोकतान्त्रिक विधिबाट कुनै पनि माग पूरा गर्न कतै प्रतिबन्ध छैन”, उहाँले भन्नुभयो, “राजतन्त्र भएको बेला जनताका अधिकार पटक(पटक खोसिएको थियो । यो राजतन्त्र नभई गणतन्त्रको समय हो । जनताका अधिकार खोस्न मिल्दैन । जनताका अधिकार सुरक्षित छन् ।”

उहाँले सबै कुरा माग्न पाइने भन्दै ती माग संविधानभित्रबाट मात्र हुनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले अहिले नेपालमा केही हुँदैन भन्दै गलत प्रचार भइरहेको भन्दै नेपालमा धेरै कुरा भइरहेको र गर्न सकिने बताउनुभयो । “केही हुँदैन, केही भएको छैन भन्ने होइन, नेपालमा काम भइरहेका छन्”, उहाँले भन्नुभयो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले अस्पतालले अहिले बहिरङ्ग सेवा (ओपिडी) सेवा प्रदान गर्ने र चाँडै नै १५ शय्या सञ्चालनमा आउने बताउनुभयो ।