२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिवेशन अन्त्यको सिफारिसपछि आज बस्ला त प्रतिनिधिसभाको बैठक ?



अ+ अ-

काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरे पनि आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सरकारले आजै मध्यराति १२ बजेदेखि लागू हुने गरी संघीय संसद्को अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचद्र पौडेलसमक्ष सिफारिस गरिसकेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको हिउँदे अधिवेशन वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको थियो । तर यसअघि नै प्रतिनिधिसभाको बैठक आजका लागि तय गरिएको हो । सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेपछि आज बैठक बस्छ कि बस्दैन भन्ने अन्योल चाहिँ कायमै छ ।

राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको पत्र संसद्लाई जानकारी दिनुपर्ने छ । बीचमै अधिवेशन अन्त्य भए त्यस्तो जानकारी सूचना टाँस गरेर पनि दिन सकिने छ । तर आज बैठक बस्ने र त्यसपछि मात्र पत्रबारे सदनलाई जानकारी दिने तयारी संसद् सचिवालयको छ ।

नेपाली कांग्रेसले चैत २ गतेदेखि सदनमा लगातार अवरोध सिर्जना गर्दै आएको छ । आजको बैठक बसेमा पनि कांग्रेसले सरकारको विरोध गर्ने र आफ्ना माग पूरा गर्न दबाब दिने तयारी गरेको छ ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ । तर सरकारले त्यसको वास्ता गरेको मात्र छैन, समिति गठन गर्न नसकिने जवाफ नै दिएको छ ।




भर्खरै