११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो News Polar बीसौँ एसियाली खेलकुदः टेनिसमा बास्तोला र खड्काको जोडी विजयी News Polar वीरगञ्जमा अनधिकृत रूपमा राखिएका ‘होर्डिङ बोर्ड’ हटाउन सुरु News Polar नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक News Polar ४७औँ विश्व पर्यटन दिवसका अवसरमा चित्रकला प्रदर्शनी News Polar बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

चित्रकलाको माध्यमबाट सुन्दरता अभिवृद्धि गर्दै कामपा-फोटो फिचर

चित्रकलाको माध्यमबाट सुन्दरता अभिवृद्धि गर्दै कामपा-फोटो फिचर
अ अ+ अ-

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले चित्रकलाबाट सहरको सुन्दरता अभिवृद्धि गर्ने काम सुरु गरेको छ । ललित कला प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा कामपाले सार्वजनिक स्थानका पर्खालमा कलात्मक चित्र लेखनको काम थालेको हो । उक्त कार्यका लागि कामपा र प्रतिष्ठानबीच २०८० फागुन १७ गते सम्झौता भएको थियो ।

सम्झौताबमोजिम चित्र लेखनका लागि कलाकार र यससँग सम्बन्धित सङ्घसंस्थाको छनोट प्रतिष्ठान आफैँले गरेको हो । अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने काम भइरहेको छ । यसपछि त्रिपुरेश्वर रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्तो, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर, मीनभवन, लैनचौर समाजकल्याण परिषद्को भित्ता चित्र कोरिने कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइनेछ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा वेशभूषा विम्बित हुने चित्र कोरिनेछन् ।

मौलिकताका लागि कोरिने चित्रहरूमा इन्द्रजात्राका अवसरका प्रदर्शन गरिने परम्परागत नृत्य, वेशभूषा, बादन, काठमाडौँ चिनिने भौतिक सम्पदा हुने उहाँले भन्नुभयो । यसरी कोरिएका चित्र जोगाउन नागरिक तहबाट दायित्व निर्वाह हुने महानगरपालिकाले अपेक्षा गरेको छ ।

चित्र भएका भित्तामा नछुने, कुनै रङ नछर्किने, पोष्टर वा कागज नटाँस्ने, चित्रसँग तस्वीर खिच्दा नटाँसिइ अलग्गै खिच्न, अन्य कुनै वस्तुले नलेख्ने जस्ता काम महानगरपालिकाले नागरिकबाट अपेक्षा गरेको उहाँले बताउनुभयो ।

यसरी कोरिएका चित्रसँग सम्बन्धित जीवन्त संस्कार, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महानगरपालिकाले काम गरिरहेको छ । यी चित्रले काठमाडौँलाई चिनाउँछन् । यसले काठमाडौँका सम्पदाको भव्यता प्रदर्शन गर्ने कामपाको विश्वास छ । रासस