११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपालको संस्कृति, सम्पदा र पर्यटनको प्रवद्र्धन गर्न ‘गौरवता नेपाल’ परियोजना सञ्चालन गरिने News Polar सुस्ताका सबै नागरिकलाई नारायणीवारि ल्याइयो News Polar विपदबाट चार दिनमा १५ जनाको मृत्यु News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छ : पर्यटनमन्त्री पौडेल News Polar अविरल वर्षापछिको काठमाडौंः बादल फाट्यो, हिमाल खुले News Polar रास्वपाले सांसदका स्वकीय सचिवलाई गर्‍यो अभिमुखीकरण News Polar विश्वव्यापी जलवायु परिवर्तनलाई मध्यनजर गर्दै पर्यटन क्षेत्रको सुरक्षा मापदण्ड परिमार्जन गर्न आवश्यकः जलवायु विज्ञ दाहाल News Polar पर्यटन क्षेत्र मुलुकको आर्थिक समृद्धि र उद्यमशीलताको महत्वपूर्ण आधारःसचिव सुवेदी News Polar अनुगमनमा रोक लगाएपछि प्रहरीप्रति मानव अधिकार आयोगको आपत्ति News Polar वर्षा रोकिएपछि पनि पहिरोको जोखिम कायमै, अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण News Polar अविरल वर्षा र बाढीपहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता News Polar भोटेकोशी–त्रिशूली बाढीबाट वागमतीको पर्यटन क्षेत्रमा ५२ अर्बभन्दा बढीको क्षति News Polar नारायणीको जलसतह हालसम्मकै उच्च News Polar वर्षापछि आकाश खुलेसँगै काठमाडौं उपत्यकाको मौसम-फोटो फिचर News Polar लालबकैया नदीमा आएको बाढीले मौलापुरको तटबन्ध जोखिममा News Polar पहिरोले अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन News Polar महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित News Polar कुलेखानीमा जलसतह बढेपछि देउराली-सिस्नेरी सडक ४ः०० बजेदेखि बन्द News Polar म्याग्दीको गिवाङक पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार News Polar कालीगण्डकीको बाढीले बेनीमा कटान गर्न थाल्यो

पूर्वबाट नयाँ वर्षको भब्य नेपथ्य सुरुवात

पूर्वबाट नयाँ वर्षको भब्य नेपथ्य सुरुवात
अ अ+ अ-

बिर्तामोड: स्थानीय डोमालाल रंगशालामा शुक्रबार लोकरक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरु भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो ।’

अघिल्लो रात बेतोडको वर्षाले पूर्वी तराइको धुवाधुलोलाई पखाल्नेमात्र होइन चैत अन्तिमको उखरमाउलो गर्मीलाई थोरै राहतमा पनि परिणत गरिदिएको थियो । यसरी वर्षकै अन्तिम साँझ मौसमी अनुकूलताका बीच ठीक साढे छ बजे कन्सर्ट प्रारम्भ भयो । ब्याण्डले पूर्वी भेगबाटै संकलित ‘कोशीको पानी यो जिन्दगानी’बाट कार्यक्रमको थालनी गरेको थियो ।

 नेपथ्यका अधिकांश प्रस्तुतीहरुमा मध्यतिर मात्र देखिने दर्शकहरुको चर्को उत्तेजना अनि जताततै नृत्यको दृश्य यसपाला बिर्तामोडमा भने प्रारम्भदेखि देख्न पाइयो ।

अघिल्लो लहरमै उभिएर सुरुदेखि नृत्य गर्ने समूहमा बिर्तामोड–६ की रेशु भुजेल देखिन्थिइन् । उत्तिकै नाच्ने साथीहरु सिमा र प्रतिमाको साथमा आएकी रेशुले कार्यक्रमबारे प्रतिक्रिया दिने क्रममा दुइवटै हातका बुढी औंला उचालिन्, आँखा झिमिक्क पारिन् र भनिन् ‘गज्जब’।

 ‘कोशीको पानी’ पछि क्रमैसँग ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ सुनाएपछि नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले दर्शकहरुसँग संवादको थालनी गरे ।   ‘बिर्तामोडको यो मञ्चबाट संसारभर फैलिएका नेपालीहरुलाई नयाँ वर्ष २०८१ को शुभकामना दिन चाहन्छु,’ उनले दर्शकहरुतर्फ हात फैलाउँदै भने, ‘भोली यो पूर्वी भेगबाट हुने सूर्योदयले हामी सबैको जीवनमा सुख र शान्ति ल्याओस् ।’

 कार्यक्रम सुरुहुनुभन्दा दुइ घन्टा अगावैदेखि मैदानमा उपस्थित भएर साथीहरुसँग रमाइलो गरिरहेका देखिने बिर्तामोडका दर्शकहरु अन्य कतिपय मामलामा पनि विशिष्ट देखिन्थे । पहिरनदेखि लिएर संगीत अनुकूल शरिरका बान्कीहरु सम्म मिलेको देख्दा यो सहरमा पश्चिमा साँगीतिक जमघटको प्रभाव भित्रिएको महशुस हुन्थ्यो ।

 कार्यक्रममा त्यसपछि अमृतले ब्याण्डको पहिलो रेकर्ड गरिएको गीत प्रस्तुत गर्ने अनुमति माँग्दै ‘आँगनैभरि’ सुनाएका थिए । त्यसलाई ‘लामपाते सुरती’ र ‘चरि मरयो’ गीतले निरन्तरता दिएको थियो ।

कार्यक्रम अघि बढ्दै जाँदा एक ठाउँमा अमृतले हालै मात्र रेकर्ड गरिएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ गीत गाइरहेका थिए । त्यसमा करिब २० वर्षकी सरिता पाठक आनन्द लिएर नृत्य गरिरहेकी थिइन् । त्यतिबेलै अमृतले गीतमा ब्यक्त गरिएकै भावमा मन्त्रपाठ सुरुगर्दा सरिताले अचम्म मानेर गायकलाई हेर्दै हाँसिरहेको दृश्य निकै रोचक देखिन्थ्यो । मन्त्र सकिनेबित्तिकै हाँस्दा हाँस्दै सरिता फेरि नृत्य गर्न थालेकी थिइन् । उक्त गीत सकिएपछि आफु यो कन्सर्ट हेर्नका निम्ति बुधबारे देखि आएको जानकारी पनि उनले दिइन् ।

 यसरी सांगीतिक यात्रा गर्दा गायक अमृतले ती सहरमा बसोबास गरेर सिँगो राष्ट्रलाई योगदान दिइरहेका सर्जकहरुसँग भेटघाटको क्रमलाई पनि निरन्तरता दिइरहेकै हुन्छन् ।

बिर्तामोड नेपाली संगीत र साहित्यको सेवामा समर्पित कतिपय सर्जकहरुको कर्मथलो पनि हो । अघिल्लो दिन मात्रै अमृतले पुराना गीतकार शिवशंकर थापालाई उनको घरैमा गएर भेटेका थिए । कैयौँ कालजयी गीतहरुका लेखक थापाले त्यस अवसरमा नेपाली लोक संगीतलाई नयाँ पुस्तासम्म लैजान नेपथ्यले दिँदैआएको योगदानको प्रशंसा गरेका थिए । 
शुक्रबारको कन्सर्टमा अमृतले पूर्व देखि पश्चिम कुनासम्मबाट पैदल यात्रा गर्दै संकलन गरेका गीतहरु प्रस्तुत गरेका थिए । कार्यक्रम हेर्नका निम्ति सिमावर्ती भारतीय बस्तीहरु हुदै सिक्किम र भूटान छेउको जयगाउँ सम्मका दर्शकहरु आएका देखिन्थे । कार्यक्रमको अन्त्य भने सँधैजस्तै नेपाली राष्ट्रिय झण्डाको महिमागान् ‘रातो र चन्द्रसूर्जे’बाट गरिएको थियो ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

‘अघिल्ला दुइपटक जस्तै यसपाला पनि बिर्तामोडले न्यानो स्वागत गरेकामा आभार प्रकट गर्न चाहन्छु,’ कार्यक्रम सकिएपछि अमृतले प्रतिक्रिया दिए ।
यसरी पूर्वी नेपालबाट नयाँवर्षको स्वागतसहित निस्किएको नेपथ्यले अब यो वर्षभरि श्रृंखलावद्ध यात्राहरु लिएर नेपाल र विदेशका मञ्चहरुमा आफुलाई उपस्थित गराउने भएको छ ।

 फोटोहरु: दिपित राज / नेपालय