६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

व्यवस्था बदलिएपनि कुनै गुणात्मक परिवर्तन हुन सकेन: पूर्वराजा शाह



अ+ अ-

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कसैले कसैलाई निषेध नगरी सहि चिन्तनको माध्यमबाट निष्कर्षमा पुग्न आग्रह गर्नुभएको छ ।

नयाँ बर्ष २०८१ को उपलक्ष्यमा दिनु भएको शुभकामना सन्देशमा पूर्वराजा शाहले यस्तो आग्रह गर्नुभएको हो ।

सन्देशमा उहाँले नेपालको हालसालको इतिहासमा विधी, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन नसकेको जनाउनु भएको छ । उहाँले आज आम नेपालीको चिन्ता यही विषयमा जनाउनु भयो ।

सन्देशको पूर्णपाठ

हामी विक्रम सम्बत २०८० लाई विदाई गरेर यतिखेर २०८१ मा प्रवेश गरेका छौं । नव बर्षको अवसरमा हामी देश तथा विदेशमा रहेबसेका सबै नेपालीहरुको सुख, शान्ति र समृद्धिको मंगलमय शुभकामना प्रकट गर्दछौं ।

नेपालको हालसालको इतिहासमा विधी, व्यवस्था, शब्द र रुप जति बदलिए पनि गुणसार तथा अर्थमा कुनै गुणात्मक परिवर्तन हुन सकेको छैन । आज आम नेपालीको चिन्ता यही विषयमा छ । न देशको गौरब गरिमा बढेको छ , न त देशवासीको सुख समृद्धिमा समयबद्ध सुधार आएको छ । जान्ने बुझ्ने बुढापाकाहरु अतीतलाई सम्झेर दिक्दारीमा देखिन्छन त नयाँ युवा पुस्ता देशमा आफ्ना सुनौलो भविष्य नदेखेर भौंतारिएका छन्। देशको बौद्धिक समाज उदासीन हुँदै जानु र होनहार युवा जनशक्ति पलायन हुँदै जानु, राष्ट्रको उत्थानका निम्ति गम्भीर जोखिमपूर्ण विषय हो ।

शिक्षा, स्वास्थ्य, इलम, उद्यम, उत्पादन, लगानी, व्यापार, व्यवसाय र रोजगारीकोब्यवस्था खस्किदै जानु आजको विडम्बना हो । उन्नत राजनीतिक विधी विधानले उच्चत्तम उपलब्धि र आसा जगाउन सक्नु पर्दछ । जनतामा उत्साह पैदा गर्न सक्नु पर्दछ । तर हामी कहाँ दाँया बाँया जतापनि लाग्ने, निश्चित गन्तब्य र गतिमा अडान राख्न नसक्नेअस्थिर अवस्थाले आफ्नै आशा आकांक्षा र भरोसा खल्बलिदैगएको छ । यस्तो हुनु राष्ट्रिय चिन्ताको कुरा हो । त्यसैले अब त्यो सबै कुराको पुनरावलोकन गरौं, गम्भिर भएर सोचौं, सबै मिलौं, कसैले कसैलाई निषेध नगरौं र सहि चिन्तनको माध्यमबाट निष्कर्षमा पुगौं मान्छे मानवीय समाज, विविध वर्ग र समुदाय आकार प्रकार शील स्वभावका आधारमा फरक फरक भए पनि – राष्ट्रका साझा सिद्धान्त तथा राष्ट्रलाई उठाउने मूल राष्ट्रिय नीतिमा साझा धारणा र दृष्टिकोण बन्नुपर्छ – स्थिरता, स्थायित्व र निरन्तरता त्यसमा रहनु पर्छ । आफ्नो प्रकृति, परिवेश, मान्यता र स्थायी स्थिर संस्थाका प्रति हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ भन्ने धारणा पनि नेपाली जनमतमा बढ्दै गएको हाम्रो अनुभव छ ।

देशको माया गर्ने र देशवासीको भलो चाहने सबै मिलेर यो सोच र समझदारी बनाउनका निम्ति हामीलाई नयाँ बर्षलेप्रेरणा प्रदान गरोस्।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्,

जय नेपाल ।
२०८१ साल बैशाख १ गते