५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनका युवाले बनाए इलेक्ट्रिक ह्विलचियर



अ+ अ-

भरतपुर । शारिरिकरुपमा अशक्त चितवन माविका स्थायी शिक्षक दुर्गा बम्जनलाई स्कुल जान कसैको सहारा चाहिँदैन । उहाँ इलेक्ट्रिक ह्विलचियर चलाएर आफैँ विद्यालय जाने र फर्कने गर्नुहुन्छ । धेरै वर्षसम्म उहाँलाई ह्विलचियरमा श्रीमतीले विद्यालय जान र फर्किन सहयोग गर्नुपथ्र्यो ।

युवा इन्जिनियर सुनिल परियारले उहाँका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएपछि हिँडडुल गर्न सजिलो भएको हो । परियारको अनुसन्धान समूहले उहाँका लागि इलेक्ट्रिक ह्विलचियर निर्माण गरिदिएका हुन् ।

शिक्षक बम्जनले इलेक्ट्रिक ह्विलचियरले जीवनशैलीमै परिवर्तन भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ ह्विलचियरले स्कुटर चलाउने सपना पूरा हुनुको साथै सडक पार गर्न सजिलो भएको छ ।”

युवा समूहले भरतपुरको नारायणी पोलिटेक्निक इन्स्टिच्युटसँग मिलेर इन्फिनिटी प्रयोगशाला (ल्याब) सञ्चालन गरी ह्विलचियर निर्माण र अनुसन्धानको काम गरिरहेका छन् । नौ वर्षदेखि ह्विलचियर निर्माण र मर्मतको काम गर्नुभएका सुनिल परियार नेपालको वातावरणमैत्री ह्विलचियर निर्माण अभियानमा हुनुहुन्छ । विद्यार्थीलाई पनि ह्विलचियर निर्माण र मर्मतको काम सिकाइरहेको उहाँले बताउनुभयो ।

“विभिन्न डिजाइनका ह्विलचियरबारे अध्ययन गरेर अपाङ्गता भएका व्यक्ति, अस्पताल र सङ्घसंस्थाको अनुरोधमा नयाँ बनाउने र पुरानो मर्मत गर्ने काम ल्याबले गरिरहेको छ”, उहाँले भन्नुभयो, “ल्याबले फ्रेम डिजाइनिङ गरेर नयाँ मोडलको ह्विलचियर उत्पादन गर्छ ।” सबै अपाङ्गता भएका नागरिकलाई सरकारले नि:शुल्क ह्विलचियर उपलब्ध गराउनुपर्ने उहाँको जोड छ ।

इन्फिनिटी ल्याबसँग आबद्ध खेम केसी सरकारसँग समन्वय गरी काम गर्न इच्छुक रहेको बताउनुहुन्छ । केसीले आवश्यकताअनुसारको डिजाइन र साइजमा ह्विलचियर निर्माण गरिरहेको बताउनुभयो । दुर्घटना, मस्तिष्कघात र स्पाइनलकर्ड इञ्जुरीका बिरामीलाई ह्विलचियरको आवश्यकतापर्ने केसीको भनाइ छ ।

उहाँले भन्नुभयो, “ह्विलचियर नपाएमा स्पाइनलकर्ड इञ्जुरीको बिरामी शययमा नै हुन्छ । शरीरमा रक्त प्रवाह राम्रो हुँदैन ।” उहाँले अस्पतालमा १२ वर्ष काम गरेर त्यहाँ बिरामीले भोग्ने समस्या देखेपछि ह्विलचियर उत्पादनको काममा लागेको बताउनुभयो ।

इञ्जिनियर सुनिलले भूकम्पपछि लामो समय अध्ययन गरी नेपालमै पहिलोपटक इलेक्ट्रिक ह्विलचियर उत्पादन सुरु गर्नुभएको हो । उहाँले ह्विलचियरबारे जनचेतनाान कमी र ह्विलचियर मैत्री वातावरण नरहेकोे बताउनुभयो ।

“ह्विलचियर प्रयोग गर्न लजाउने प्रवृत्ति अझै देखिन्छ, यसका लागि सामाजिक सचेतना जरुरी छ”, उहाँले भन्नुभयो, “अपाङ्गता भएकालाई घरभित्रै राख्ने बानी अन्त्य गरी ह्विलचियरमा हिँड्नेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्छ ।”

इन्फिनिटी ल्याबको भूमिका प्रेरणादायी रहेको भरतपुर महानगरपालिकाका कार्यपालिका सदस्य गोपाल दराइले बताउनुभयो । उहाँले यस्ता किसिमका अनुसन्धान र विकासका काममा राज्यको सहयोग आवश्यक रहेको बताउनुभयो । रासस