२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

भैरवको रथ भाँचिएपछि…



अ+ अ-

भक्तपुर: भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ ।

मङ्गलबार दिउँसो ३ बजेदेखि हजाराै जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पुर्‍याइएको थियो । फर्काउँदा रथ आज बिहान ३ बजे सुकुलढोकामा ल्याइपुर्‍याएको थियो । मङ्गलबार रातिनै रथलाई ग:हिटी पुर्‍याएर पूजा गर्नुपर्नेमा सुकुलढोकामा नै छाडिएपछि आज पुन: रथलाई तानेर ग:हिटी नजिकि ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो ।

मङ्गलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुङ्गा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो । तर चलनअनुसार रथलाई आज दिउँसो ३ बजेसम्म पनि ग:पिहटी पुर्‍याउन सकिएन ।

रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिनुभयो । उहाँले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताउनुभयो । रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने छ । रथ जसरी पनि ग:हिटी पुर्‍याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पुर्‍याउन पर्ने बाध्यता छ । त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले जानकारी दिनुभयो ।

नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई ग:हिटीबाट तानेर ल्यासिंखेल पुर्‍याएपछि मात्रै लिङ्गो उठाउने कार्य सुरु हुन्छ । आगामी वैशाख १ गते लिङ्गो ढालेपछि पुन: रथलाई ल्यासिंखेलबाट ग:हिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ । जात्रा सञ्चालनका क्रममा जथाभावी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको प्रमुख वलीले बताउनुभयो ।रासस