१२ भाद्र २०८३, शुक्रबार
,
Latest
ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार बाढीपीडितलाई सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड सहयोग बाढीपीडित र प्रभावित क्षेत्रका लागि आर्थिक प्याकेज घोषणा गरिने भोटेकोशी बाढीपछि शव खोजी तीव्र, रसुवादेखि चितवनसम्म १२०० सैनिक परिचालन प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यले एक महिनाको तलब विपद् कोषमा जम्मा गर्ने सुनको मूल्य दुई हजार चार सयले घट्योः चाँदीको स्थिर भोटेकोशी र त्रिशूलीमा लेदोसहितको बहाव बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह भोटेकोशीमा बाढी बढ्दै, त्रिशूली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह आँबुखैरेनी र देवघाट गाउँपालिकामा २८ शव भोटेकोशीको भेलः बगायो बस्ती, बढायो सन्त्रास
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकी सरकार गठनविरुद्ध आज कांग्रेस सर्वोच्च अदालत जाने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आज गण्डकी प्रदेश सरकार गठनविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

गण्डकी प्रदेश सरकार असंवैधानिक तरिकाले गठन भएको भन्दै कांग्रेसले सर्वोच्च अदालतमा जाने तयारी गरेको हो । गण्डकी प्रदेशका कांग्रेसका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुसँग छलफल गरी प्रदेश सरकार गठन असंवैधानिक भएको निष्कर्ष निकालेका हुन् ।

कांग्रेसले कानुन व्यवसायीसँग छलफल गरेर रिट दायरका लागि समन्वय गर्न जिम्मा रमेश लेखकलाई दिएको छ ।

मुख्यमन्त्री रहेका सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि केन्द्रीय सत्ता गठबन्धन अनुसार गण्डकीमा नयाँ सत्ता समीकरण बनेको छ । नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई सत्ता गठबन्धनले मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखलाई आइतबार हस्ताक्षर बुझाएको थियो । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई आइतबारै मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

माओवादीबाट सभामुख बनेका कृष्ण धितालको हस्ताक्षर समेत मुख्यमन्त्री बनाउन प्रयोग गरिएको भन्दै कांग्रेसले असंवैधानिक भनेको हो ।

बहुमतका लागि प्रदेश सभामा ३१ जना पुग्नु पर्दछ । दुई सांसद रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने सरकार निर्माणको प्रक्रियामा सहभागी भएन ।