२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले आज इलाम र बझाङका उम्मेदवार छान्ने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज इलाम र बझाङमा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउँदै छ । त्यसका लागि पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बुढानिलकण्ठमा बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।

उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन सभापति देउवाले तीन दिनयता नियमित छलफल गरिरहेका छन् । यसअघि हिजो दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उम्मेदवारको टुंगो लाग्न सकेको थिएन ।

इलाम-२ र बझाङ प्रदेशसभा-१ (क) मा हुने उपनिर्वाचनका उम्मेदवार बन्न कांग्रेसमा रस्साकस्सी छ । इलाम— २ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबीच मुख्य प्रतिस्पर्धा छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।

उता बझाङको उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहबीच प्रतिस्पर्धा छ । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् । पार्टी केन्द्र र उम्मेदवारका आकांक्षीबीच एकता गराएर आजै उम्मेदवार टुंगो लगाउने तयारी कांग्रेसको छ ।