१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला’, युवालाई रोजगारीसँग जोड्ने लक्ष्य News Polar दोधारा–चाँदनीको झोलुङ्गे पुलको पिल्लरः भाँचियो News Polar संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधनले विश्व मञ्चमा नेपालको कद उचो पारेको छः परराष्ट्रमन्त्री खनाल News Polar प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रमन्त्री खनाल : ‘उपयुक्त समयमा भ्रमण हुन्छ’ News Polar संयुक्त राष्ट्रसंघ महासभामा नेपालको सशक्त उपस्थितिले देशको कुटनीतिक छवि उच्च भयोः परराष्ट्रमन्त्री खनाल News Polar नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिनु प्रदेश सरकारको प्रमुख प्राथमिकता : मुख्यमन्त्री थापा मगर News Polar २० वर्ष पुरानो धितोपत्र ऐन बदल्न लगानीकर्ताको माग, ‘कानुनी रिक्तताले कुशासन मौलायो’ News Polar दोस्रो बजारको गिरावटप्रति लगानीकर्ताको चिन्ता, नियामक निगरानी र नीतिगत सुधारमा जोड News Polar नेप्सेको संरचनागत सुधार अघि बढाउँदै सेबोन, रामेश्वर खनाल नेतृत्वको समितिको प्रतिवेदन कार्यान्वयन हुने News Polar निजामति सेवा विधेयकः कर्मचारीमा खैलाबैला, त्रासमा सरकार News Polar पुँजी बजार सुधारका लागि धितोपत्र बोर्डको तीन चरणको रणनीति News Polar धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता बढ्दो, डिम्याट खाता ८० लाख नाघ्यो News Polar भोटेकोशी बाढी : ४३० मेगावाट विद्युत् अवरुद्ध भएपछि वैकल्पिक व्यवस्थापन गरिँदै News Polar काठमाडौं–१० प्रदेशसभा ‘ख’ सभापतिमा राजेन्द्र विक्रम बानियाँ विजयी News Polar राप्ती नदीमा पक्की तटबन्धले जोगियो तटीय बस्ती News Polar बाजुराका बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण News Polar बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति News Polar वैदेशिक रोजगारीलाई जितेको गोलभेँडाखेती News Polar सुशासन, सुधार र नयाँ आशाका छ महिना News Polar गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर

भित्र्याउने बेलाको गहुँ र जौमा असिनापानी

भित्र्याउने बेलाको गहुँ र जौमा असिनापानी
फाईल फोटो
अ अ+ अ-

गोरखा । बारपाक क्षेत्रमा परेको भीषण वर्षा र असिनाले किसानले भित्र्याउने बेला भएको गहुँ र जौ खेतमै नष्ट भएको छ ।

शनिबार साँझ वर्षासँगै परेको ठूलो असिनापानीले बारपाक क्षेत्रका सबैजस्तो ठाउँमा लगाइएको जौ, गहुँलगायतका अन्य तरकारी बालीमा पूर्णरुपमा क्षति पुगेको बारपाक सुलिकोट गाउँपालिका–१ का वडाध्यक्ष धनबहादुर घलेले जानकारी दिनुभयो ।

बारपाकका करिब एक हजार तीन सयभन्दा बढी घरघुरीका किसानले घरमा भित्र्याउने बेला भएको गहुँ र जाँ असिनापानीले नष्ट गरेको उहाँले बताउनुभयो । “शनिबार ४ बजेदेखि लगातार तीन घण्टाभन्दा बढी बारपाक क्षेत्रमा भीषण वर्षासँगै असिना परेको थियो”, वडाध्यक्ष घलेले भन्नुभयो, “ठूलो पानी र ठूलाठूला असिनाले घरमा भित्र्याउने बेला भएको अन्नबाली नष्ट भएपछि अहिले बारपाकका किसान चिन्तामा परेका छन् ।”

असिनापानीले बारपाक क्षेत्रमा किसानले लगाएको हिउँदे तरकारी बालीसमेत पूर्णरुपमा नष्ट भएको छ । बारपाकको सोर्पा, र्खोका, च्वेजङ्ग, तसीरङ्ग, र्मोकङ्ग लगायतका क्षेत्रमा किसानले अत्याधिक मात्रामा जौँ र गहुँको खेती गर्ने गर्दछन् । “धेरैजसोको त जौ, गहुँ, आलुको बीउसमेत आउने अवस्था छैन”, वडाध्यक्ष घलेले भन्नुभयो, “अव के गर्ने भन्ने चिन्तामा परेका छौँ ।”

असिनापानीले कति मूल्य बराबरको क्षति भयो भन्ने यकीन भइनसकेको उहाँको भनाइ छ । “बारपाक क्षेत्रमा प्राय:सबै घरपरिवारले हिउँदे तरकारीखेती, गहुँ र जौको खेती गरेकै हुन्छ”, वडाध्यक्ष घलेले भन्नुभयो, “अहिलेसम्म क्षतिको पूरै विवरण सङ्कलन गर्न सकिएको छैन, अब प्राविधिकलाई बोलाएर के गर्ने भन्नेबारेमा छलफल गर्नेछौँ ।” किसानलाई क्षतिपूर्तिको व्यवस्था नभए किसान थप समस्यामा पर्ने भन्दै उहाँले चिन्तासमेत व्यक्त गर्नुभयो ।

“यहाँ धेरैले आफैँ खानका लागिमात्र भए पनि र कतिपयले बिक्री गर्ने गरी हिँउदे तरकारी बाली आलु, प्याज, लसुनलगायतका खेती गरेका थिए”, उहाँले भन्नुभयो, “ठूलो असिनापानीले सबै क्षति गरेको छ ।” एउटै घरको न्यूनतम दुईदेखि तीनमुरीसम्म आलु क्षति भएको उहाँको भनाइ छ ।

“बारीमा गएर हेर्दा रुन मन लाग्छ”, स्थानीय किसान मनबहादुर घलेले भन्नुभयो, “जौ र गहुँ त पूरै असिनाले छोपेर सेतै पो भएछ अब के खाने हो ?” उहाँले असिनापानीले बालीनाली ढलेर सोत्तर भएको बताउनुभयो । “अलिअलि भएको पनि बटुल्नसक्ने अवस्था छैन”, घलेले भन्नुभयो, “खानका लागि त छोड्दिनुस् अर्को वर्ष बीउ लगाउनका लागि अब कहाँ खोज्ने हो भन्ने अवस्था बारपाकका किसानहरुको भएको छ ।”

भौतिक संरचनामा क्षति

भीषण वर्षापछि आएको बाढीले बारपाकमा थुप्रै भौतिक संरचनामा क्षति पुगेको छ । “बारपाक स्वास्थ्यचौकीमा डाँडाबाट आएको भलसँगै आएको पहिरो छिरेर स्वास्थ्यचौकीको तारबारसहित पर्खाल बगाएको छ”, वडाध्यक्ष घलेले भन्नुभयो, “स्वास्थ्यचौकीमा मात्र रु तीन लाखभन्दा बढीको क्षति भएको अनुमान छ ।”

त्यस्तै वडा नं १ मा रहेको श्री हिमालय माध्यामिक विद्यालयमा भलसँगै आएको बाढीले क्षति पुर्‍याएको छ । “बाढीले विद्यालयको तारबार, स्कुलको जग खोतलेर लगेको छ”, उहाँले भन्नुभयो, “ऐरेलपाखा खानेपानी आयोजनामा पानी र बाढीले क्षति पुर्‍याएको छ ।”