२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण News Polar विश्वकप लिग–२ शृङ्खलाः नेपालले आज ओमानसँग खेल्दै News Polar खगेन्द्र प्रकरण: रास्वपाले छानबिन गर्ने , सार्वजनिक पदको हैसियतमा कुनै पनि औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन News Polar पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन News Polar सृष्टिमा होइन, दृष्टिमा हुन्छ दोष News Polar पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल News Polar उपत्यका छाड्ने यात्रुको चाप उच्च News Polar संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न निःशुल्क एम्बुलेन्स सेवा

मानव आत्माको तौल २१ ग्राम !

मानव आत्माको तौल २१ ग्राम !
अ अ+ अ-

एजेन्सी । प्राचिन मिश्रका बासिन्दा मृत्युपछि मानव एक लामो यात्रामा निस्कनु पर्ने मान्यता राख्थे । यो यात्रा अत्यन्त कठिन हुन्छ जसमा उसले सुर्य देवता, जसलाई मिस्रका बासिन्दा रा नामले पुरार्थेको नाममा बसेर ‘हल अफ डबल ट्रुथ’ सम्म पुग्नु पर्छ भन्ने थियो ।

किवदन्तीहरुका अनुसार सत्य पत्ता लगाउने यस हलमा आत्माको लेखा जोखा हेरिन्छ र उसको फैसला हुने गर्छ । यहाँ साँचो र न्यायकी देवीको कलमको वजनको तुलना मानव हृदयको वजनसँग गरिन्छ । प्राचिन मिस्रका वासिन्दाको के मान्यता थियो भने मानवको सबै राम्रा नराम्रा कर्मको हिसाब उसको हृदयमा लेखिएको हुन्छ । यदी मानव सादा र निस्कपट जीवन विताएको छ भने उसको आत्माका वजन प्वांखको जति हुन्छ र उसले ओसिरिसको स्वर्गमा सदाका लागि स्थान पाउनेछ ।

मिस्रको यस प्राचिन मान्यताको एक झलक सन् १९०७ मा ‘जर्न अफ द अमेरिकन सोसाइटी फर साइकिक रिसर्च’ मा छापिएको एक शोधमा उल्लेख छ । ‘हाइपोथेसिस अन द सबस्टेन्स अफ द सोल अलोंग विद एक्सपेरिमन्टल एविडेन्स फर एग्जिस्टेन्स अफ स्याड सब्जेक्ट’ नामको यस शोधमा मान मरेपछि उसको आत्मासँग जोडिएका प्रयोगका बारेमा चर्चा गरिएको थियो ।

आत्माको तौल

यस शोधसँग जोडिएको एक लेख न्युयोर्क टाइम्सको सन् १९०७ मार्चमा छापिएको थियो जसमा डाक्टरहरुलाई आत्माको पनि निश्चित वजन हुन्छ भन्ने लागेको उल्लेख थियो । यसमा डाक्टर डंकन म्याकडलग नामका एक फिजिसिनको प्रयोगका बारेमा चर्चा गरिएको थियो । 

सन् १८६६ मा स्कटल्यान्डको ग्लासगोमा जन्मेका डाक्टर डंकन २० बर्षको उमेरमा अमेरिकाको म्यासेच्युसेट्स आएका थिए । उनले ह्युस्टन युनिभर्सिटीको स्कुल अफ मेडिसिनमा आफनो पढाई पुरा गरेका थिए । उनले आफनो जीवनको धरै समय हेवरिल सहरको एक च्यरिटेवल हस्पिटलमा जनताको उपचार गर्दै बिताए । उक्त अस्पतालका मालिकको ब्यापार मुख्य रुपमा चीनसँग थियो । उनले चीनबाट ल्याएका महत्वपुर्ण बस्तुहरुमा फेयरबैंक्सका एक तराजु पनि थियो । यो तराजु सबैभन्दा पहिला १८३० मा बनाइएको थियो । यस ठुला बस्तुहरुको तौल सटिक रुपमा सजिलै मापन गर्न सकिन्थ्यो ।

डाक्टर डकन जहाँ काम गर्थ त्यहाँ हरेक दिन मान्छे मरेको देखेका थिए । अस्पतालमा तौल मापन गर्ने मेसिन देखेपछि उनको दिमागमा मानव आत्माको तौल नाप्ने विचार आयो । उक्त घटनाको ६ बर्ष पछि शोधको विषय बाहिर आएको न्युयोर्क टाइम्सको लेखमा उल्लेख छ । यसमा मरणपछि मान्छेको आत्मा शरीरबाट अलग हुन्छ भने शरीरमा त्यसको कारण के परिवर्तन हुन्छ थाहा पाउनु रहेको बताइएको थियो ।

डाक्टर डंकन म्याकडगलले अत्यन्तै हलुका तौलको फ्रेमको एक विशेष तरिकाको विछ्यौना बनाएका थिए, जसलाई अस्पतालमा रहेको उक्त ठुलो तराजुमा फित गर्न सकिन्थ्यो । उनले तराजलाई यसरी सन्तुलनमा राखेका थिए कि तौलमा एक औंस अर्थात करिब २८ ग्राम भन्दा कम तलमाथि भए पनि मापन गर्न सकोस् । जुन ब्यक्ती गम्भिर रुपमा विरामी हुन्थ्यो वा जसको बच्ने सम्भावना थिएन उनीहरलाई उक्त विशेष खातमा सुताइन्थ्यो र उनको मरण प्रक्रियालाई सघन रुपमा अवलोकन गरिन्थ्यो ।

शरीरको तौलमा भइरहेको कुनै पनि परवर्तनलाई उनी टिप्पणीका रुपमा लेख्थे । यस क्रममा मर्ने बेला शरीरमा पानी, रगत, पसिना, मलमुत्र वा अक्जिन, नाइट्रोजनको स्तरमा पनि परिवर्तन हुन्छ भन्ने हिसाबमा तौलमा आउने हेरफेरमा ध्यान दिइएको थियो । उनको यो शोधमा उनीसँगै अन्य चार फिजिसियनले पनि कामा गरिरहेका थिए र सबैले यो आंकडाको अलग अलग हिसाब राखेका थिए ।

डाक्टर डंकनले दावी गरेका थिए, जब मानव आफ्नो अन्तिम स्वास लिइरहेको हुन्छ उसको शरीरबाट आधा वा सवा औंस तौल कम हुन्छ । जुन बेला शरीर निस्क्रिय हुन्छ त्यतिबेला तराजुको स्केल एक्कासी तल झर्छ । यसतो लाग्छ की सरीरबाट अचानक केही निस्कर बाहिर गएको हो , डंकनले बताएका थिए । डाक्टर डंकनका अनुसार यो प्रयोग १५ कुकुरमा पनि गरिएको र यसको नतिजा नकारात्मक रहेको यियो । मरेको बेल पनि उनीहरुको सरीरको वजनमा कुनै परिवर्तन नदेखिएको उनको भनाई थियो । यो प्रयोगको नतिजामा मृत्युको क्षण मानव सरीरको वजनमा परिवर्तन हुन्छ किनभने उनको सरीरमा आत्मा हुन्छ तर कुकुरको सरीरमा यस प्रकारको कुनै परिवर्तन हुँदैन किनभने उनको सरीरमा आत्मा हुँदैन भन्ने उनले बुझाउन खोजे ।

यो प्रयोग आफैमा धेरै कमिकमजोरी थियो । जसमा डंकन र उनका सहकर्मीलाई मृत्युको क्षण कहिले को भन्ने नै यकिन गर्न गाह्रो थियो । यो शोधको नतिजा ४ विरामी अर्थात ४ मामिलामा आधारित थियो । यसमा सबै तीन मामिलामा मृत्यु लगत्तै शरीको वजन पहिलेको भन्दा अचानक कम भयो र फेरी केही समयपछि बढेको पाइयो । चौथो मामिलामा शरीको वजन पहिले अचानक कम भएको, फेरी बढेका र फेरी एकपटक कम भएको थियो । यसमा डंकन र उनको टोली मृत्युको सही समय कुन थियो भन्ने बताउन असमर्थ थिए ।

यद्यपी डकनले आफनो शोधबाट कुनै कुरा प्रमाणित हुन्छ भन्ने कुरामा आश्वस्त नभएको आफैले बताएका थिए । उक्त शोध मात्र प्रारम्भिक जाँच भएको र यस मामिलामा अधिक शोधको आवश्यक भएको उनले बताएका थिए । वैज्ञानिक समुदायले उनको शोधको नतिजा मान्न अस्विकार गरेको मात्र नभई उनको प्रयोगलाई बैधता दिन पनि अस्विार गरे । तर डाक्टर डंकनले जुन छ जनामा शोध गरिएको थियो त्यसमा पहिलो शरीरमा आएको परिवर्तनलाई लिएर आज पनि चर्चाका विषय बनेको छ । यस शोधका अधारमा अहिले पनि मानिसहरु मानव आत्माको तौल तीन चौथाई औंस अर्थाता २१ ग्राम हुन्छ । यो डाक्टर डकनको पहिलो ब्यक्तीको शरीरमा मृत्युपछि आएको परिवर्तनमा आधारित थियो ।