२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेल्सीले बर्नलेसँग अंक बाँड्यो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरी खेलेको छ । गएराति भएको खेलमा चेल्सीले बर्नलेसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेलको ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै कोल पाल्मेरले चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४७ औं मिनेटमा जोश कुलेनले गोल गर्दै बर्नलेलाई १–१ गोलको बराबरीमा ल्याए । यता, ७८ औं मिनेटमा पाल्मेरले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए ।

८१ औं मिनेटमा डारा ओ’सिआले गोल गर्दै बर्नलेलाई २–२ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए । खेलको ४० औं मिनेटमा लोरेन्ज एसिग्ननले रातो कार्ड खाएपछि बर्नले १० खेलाडीमा समेटिएको थियो ।

बराबरीसँगै चेल्सी २८ खेलबाट ४० अंकका साथ ११ औं स्थानमा छ । बर्नले ३० खेलबाट १८ अंकका साथ १९ औं स्थानमा छ ।




भर्खरै