१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डर्टमण्डसँग हारेपछि बायर्नलाई धक्का, अपराजित लेभरकुसेनले लिग जित्ने लगभग पक्का



अ+ अ-

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिख बोरुसिया डर्टमण्डसँग पराजित भएको छ । गएराति भएको खेलमा बायर्नले घरेलु मैदानमै २–० गोल खाएको हो ।

डर्टमण्डलाई जित दिलाउन खेलको १० औं मिनेटमा करिम एडेएमीले तथा ८३ औं मिनेटमा युलियन रेयर्सनले गोल गरे । यो हारसँगै बार्यनलाई उपाधि सम्भावनामा धक्का लागेको छ । बायर्न २७ खेलबाट ६० अंकसहित दोस्रो स्थानमा छ ।

जारी सिजनमै अपराजित रहेको लेभरकुसेन २७ खेलबाट ७३ अंकसहित तालिकाको शीर्षस्थानमा यथावत छ । डर्टमण्ड ५३ अंकसहित चौंथो स्थानमा रहेको छ ।

गएराति नै भएको खेलमा लेभकुसेनले होफेनहिमविरुद्ध पुनरागमन गर्दै जित निकाल्यो । खेलको ३३ औं मिनेटमा म्याक्सिमिलियन बेइयरले गोल गर्दै होफेनहिमलाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ८८ औं मिनेटमा रोबर्ट एन्ड्रिचले तथा ९०+१ औं मिनेटमा प्याट्रिक सिकले गोल गर्दै लेभरकुसेनलाई जित दिलाए । लगातार तेस्रो हार बेहोरेको होफेनहिम २७ खेलबाट ३३ अंकका साथ तालिकाको नवौं स्थानमा छ ।