४ पुष २०८२, शुक्रबार
,
Latest
रवि लामिछाने भरतपुर गएर भैरहवा जाने जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आएरल्याण्ड ए ले नेपाल ए लाई दियो २२५ रनको विशाल लक्ष्य



अ+ अ-

काठमाडौँ । ट्वान्टी–२० शृङ्खलाको दोस्रो खेलमा आएरल्याण्ड ए ले नेपाल ए लाई २२५ रनको विशाल लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको आयरल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर २२४ रन जोड्यो ।

उसका लागि कप्तान निल रकले ७१ र पिटर मुरले ६५ रनको अर्धशतकीय पारी खेले । यस्तै, जेम्स म्याककोलुमले २६, फिओन हाण्डले १९, रोस अडाइरले १७ रन जोडे । बलिङतर्फ नेपालका सागर ढकालले ३ तथा कमल ऐरी र पवन सर्राफले १–१ विकेट लिए ।

यसअघि हिजो शुक्रबार भएको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।