२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौदण्डीगढी नगरपालिकामाथि एपिएफको फराकिलो जित



अ+ अ-

काठमाडौं । सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिलो जित निकालेको छ । 

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा गरेको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ ।

फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २÷२ गोल गर्दा अनु लामाले र रविना लामाले एक÷एक गोल आफ्नो नाममा लेखाए । पहिलो हाफमा ७ गोल गरेको एपिएफले दोस्रो हाफमा पनि ७ गोल थपेर फराकिलो जित निकालेको हो ।

पहिलो चरणको खेलमा चोदण्डीगढीमाथि २२ गोल गरेको एपिएफले ७ खेलबाट स्पष्ट जित निकाल्दै शीर्षता कायम राखेकोे छ । एपीएफले ७ खेलमा २१ अंक जोडेको हो । एपीएफ लिगमा अपराजित रहने एक्लो टिम हो । पराजित चौदण्डीको यो लगातार सातौं हार हो । चौदण्डीगढीले अहिले सम्म तालिकामा अझै खाता खोल्न सकेको छैन् ।  अंक विहीन रहदै पुछारमा रहेको छ । अहिले सम्मका खेल सम्पन्न हुँदा चौदण्डी गढीले सबै खेलमा गरेर कुल ८६ गोल खाँदा एक गोल गरेको छ भने एपिएफले एक गोल पनि खाएको छैन । ७ खेल सम्पन्न हुँदा एपिएफले कुल ५७ गोल गरेको छ ।