२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar विपद् आइपर्दा पूर्वतयारीको कार्यान्वयन : रेडक्रस प्रतिकार्यकर्मीको दृष्टिकोण News Polar मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी News Polar पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब अधिकृत पुँजीको कोष स्थापना गर्ने प्रस्ताव News Polar दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो News Polar इजरायलसँग उच्चस्तरीय भ्रमण अघि बढाउने र नेपाली श्रमिकको लागत घटाउने कर्णको प्रतिबद्धता News Polar आर्थिक र श्रम कूटनीतिलाई प्राथमिकता दिने सरु जोशीको प्रतिबद्धता News Polar दाताकेन्द्रित सोच त्यागेर राष्ट्रिय हितमा काम गर्न प्रस्तावित राजदूत जोशीलाई चौलागाईंको सुझाव News Polar जर्मनीका लागि प्रश्तावित राजदुत जोशीलाई सांसद पुनको प्रश्नः ‘विदेशमा रहेका नेपालीको मताधिकार र श्रम गन्तव्यको सुरक्षा कसरी हुन्छ ?’ News Polar जर्मनका लाकिग प्रश्तावित राजदुत जोशीसमक्ष एमाले सांसदहरूको प्रश्नः ‘श्रम शोषण र व्यापार घाटा न्युनिकरणको कार्ययोजना के छ ?’ News Polar जर्मनीसँग आर्थिक कूटनीति र श्रम सम्झौतालाई प्रभावकारी बनाउने सरु जोशीको प्रतिबद्धता News Polar सरकारका हरेक गतिविधि लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित हुनुपर्छः महासचिव पोखरेल News Polar प्रहरीको ‘स्वीप अपरेसन’ : ९८ जना पक्राउ News Polar सुनचाँदीको मूल्य क्रमशः घट्दै News Polar स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा बेच्ने १४ कम्पनीलाई जनही ५० हजार जरिवाना News Polar अर्थमन्त्री वाग्ले विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन बैंकक जाँदै News Polar बडादशैँअघि नतिजा सार्वजनिक गर्ने लक्ष्यसहित कांग्रेसको मतगणना तीव्र, आज २५ टोली परिचालन News Polar बुढीगण्डकी बाढी : धार्चेबाहेक सबै ठाउँमा विद्युत् आपूर्ति पुनः सञ्चालनमा News Polar चितवनमा दुई जातका अङ्गुरको परीक्षण

सनातन हिन्दु राष्ट्रको जग नभईकन नेपालको प्रजातन्त्रको जग दह्रो हुदैन : राणा

सनातन हिन्दु राष्ट्रको जग नभईकन नेपालको प्रजातन्त्रको जग दह्रो हुदैन : राणा
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सनातन हिन्दु राष्ट्रको जग नभईकन नेपालको प्रजातन्त्रको जग दह्रो हुन नसक्ने बताउनुभएको छ ।

मंगलबार राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौं जिल्ला समितिद्धारा आयोजित ‘चुनाव चिन्ह अनावरण, काठमाडौँ जिल्ला समायोजन घोषणा सभा तथा काठमाडौंबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाई सम्मान कार्यक्रम’ मा बोल्दै अध्यक्ष राणाले नेपालको प्रजातन्त्रलाई दह्रो बनाउने हो भने सनातन हिन्दु राष्ट्रको जग बनाउनुपर्ने बताउनुभएको हो । उहाँले यसनिम्ति राजतन्त्र नल्याई सुख नहुने पनि बताउनुभयो । कम्युनिष्ट र कांग्रेस असफल भएको भन्दै उहाँले यसबेलामा राप्रपा आन्दोलनमा उत्रिए आफुहरुको मुद्धाले प्राथमिकता पाउने जिकिर गर्नुभयो ।

अध्यक्ष राणाले मुलुकलाई स्थिरता दिनको निम्ति कम्युनिष्टलाई जनादेश दिईएको भएपनि ३ वर्षको शासनकालमा सरकारले राम्रो काम गर्न नसकेको बताउनुभयो । पार्टी संगठन गरेर गए मुलुकलाई भरपर्दो दिशामा लैजाने आफुहरुलाई मौका आएको पनि उहाँको भनाई छ ।

त्यसैगरी, कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष कमल थापाले नेतृत्व तहबाट अब पार्टीको विभाजन कहिल्यै नगर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । पार्टीको तिनै अध्यक्षले पवित्र धार्मिक ग्रन्थ गितालाई छोएर पार्टी कहिल्यै नफुटाउने र फुट्न नदिने प्रतिज्ञा गरेको उहाँको भनाई छ । पार्टी विभाजनले पार्टीको विचारलाई कमजोर बनाएको भन्दै उहाँले पार्टीका लाखौँ कार्यकताको भविष्य अन्धकार बनेको पनि बताउनुभयो । आफ्नो पिढी राजनीतिक जीवनको उत्तराद्र्धमा लाग्न लागेको भन्दै उहाँले यस्तो बेलामा पार्टी फुटाउने अपराध गर्न नसक्ने उहाँको भनाई छ । अध्यक्ष थापाले केही वर्ष भित्रमै असम्भव ठानिएको हिन्दु राष्ट्र र राजसंस्थाको पुर्नस्थापना गराउने दाबी पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले जनताको सहानुभुति आफ्नो पार्टीसँग रहेको दाबी गर्नुभयो । जनता कांग्रेस र नेकपासँग चेतिसकेको भन्दै उहाँले जनताले नयाँ राजनीतिक शक्ति खोजेको र आफुहरु सक्षम भए जनताले साथ दिने बताउनुभयो ।

अध्यक्ष लोहनीले जनताको सद्भावनालाई बोकेर लैजाने क्षमता कति आउँछ नेतृत्वको चुनौति पनि त्यही रहेको औँल्याउनुभयो ।