२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चेन्नई सुपर किंग्सको कप्तानीबाट धोनीले राजीनामा दिए, रुतुराज गायकवाड बने नयाँ कप्तान



अ+ अ-

एजेन्सी । चेन्नई सुपर किंग्सले आईपीएल २०२४ भन्दा ठीक अगाडि टीममा ठूलो परिवर्तन गरेको छ । चेन्नईले रुतुराज गायकवाडलाई नयाँ कप्तान घोषणा गरेको छ ।

आईपीएल अघि धोनीका फ्यानलाई ठूलो झट्का लागेको छ । धोनीले चेन्नई सुपर किंग्सको कप्तानी छोडेका छन् । अब उनको स्थानमा ऋतुराजले टोलीको जिम्मेवारी सम्हाल्नेछन् । धोनी आईपीएल २००८ देखि टोलीमा छन्। धोनीको कप्तानीमा चेन्नईले अहिलेसम्म पाँच पटक उपाधि जितेको छ । चेन्नईले धोनीको कप्तानीमा २०१० , २०११, २०१८, २०२१ र २०२३ मा आईपीएलको उपाधि जितेको थियो।

चेन्नईले गत सिजनको फाइनलमा गुजरात टाइटन्सलाई हराएको थियो। यो खेल चेन्नईले ५ विकेटले जितेको थियो ।

चेन्नई सुपर किंग्सले टोलीको कप्तानको बारेमा एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा चेन्नईले भनेको छ, ‘महेन्द्र सिंह धोनीले आईपीएल२०२४ अघि टिमको कप्तानी ऋतुराज गायकवाडलाई सुम्पेका छन्।’ ऋतुराज सन् २०१९ देखि टोलीसँग आवद्ध छन् । उनले अहिलेसम्म ५२ खेल खेलिसकेका छन् ।

रुतुराजको आइपिएलमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनले अहिलेसम्म खेलेका ५२ खेलमा १७९७ रन बनाएका छन् । यस अवधिमा उनले १ शतक र १४ अर्धशतक बनाएका छन् । आईपीएलमा रुतुराजको उत्कृष्ट स्कोर १०१ रन रहेको छ । उनले गत सिजन १६ खेलमा ५९० रन बनाएका थिए । यस सिजनमा ऋतुराजको उत्कृष्ट स्कोर ९२ रन थियो । रुतुराजले सन् २०२० मा पहिलो पटक आईपीएल खेलेका थिए । उनले यो सिजन ६ खेल खेल्ने मौका पाएका छन् ।

आईपीएल २०२४ भोलीबाट सुरु हुँदैछ । ओपेनिङ खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्दैछन् ।