१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोसँग डेट गर्न चाहन्छिन् ‘शैतान’की जानकी ?



अ+ अ-

एजेन्सी । यतिबेला बलिउड फिल्म ‘शैतान’को चर्चा जताततै भइरहेको छ । अभिनेता अजय देवगन र आर माधवन अभिनीत एक अलौकिक थ्रिलरको रूपमा, यो चलचित्रले सबैलाई धेरै मनोरञ्जन दिएको छ ।

अजय, माधवन र ज्योतिका बाहेक शैतानमा आफ्नो अदभूत अभिनयले फ्यानहरूलाई प्रभावित पार्ने अभिनेत्री जानकी बोधिवालालाई कसले भुल्न सक्छ ?

जानकी शैतानबाटै हिन्दी सिनेमामा प्रवेश गरेकी हुन् । यसअघि उनी गुजराती फिल्म उद्योगमा सक्रिय थिइन् । यसैबीच, उनले आफ्नो चाहनाका धेरै गोप्य खुलासा गरेकी छिन् र उनी बताउँछिन् कोसँग डेटमा जान चाहन्छिन् ।

फिल्म शैतानको सफलतापछि जानकी बोधिवालाको नाम यतिबेला निकै चर्चामा छ । फिल्ममा उनले जसरी अभिनय गरेकी छन्, त्यसको प्रशंसा गर्न सकिँदैन । हालै जानकीले जुमसँगको अन्तर्वार्तामा खुलेर बोलिन् ।

यस क्रममा उनलाई कुन अभिनेतासँग डिनर डेटमा जान मन छ भनेर सोधियो । यही प्रश्नको जवाफ दिँदै २८ वर्षीया जानकी बोधिवालाले द आर्चिज फेम कलाकार वेदांग रैनाको नाम लिएकी छिन् । उनले भनिन् – उनको व्यक्तित्व र प्रतिभा निकै उत्कृष्ट छ । यदि मैले मौका पाएँ भने, म भविष्यमा उनीसँग डेटमा जान चाहन्छु ।’ यसरी जानकीले आफ्नो मनको कुरा व्यक्त गरेकी छिन् ।

अजय देवगन र आर माधवनसँग शैतानमा काम गरेपछि, बलिउड अभिनेत्री जानकी बोधिवाला अन्य कोसँग स्क्रिन सेयर गर्न चाहन्छिन् ? यसमा उनले भनेबी छन्– ‘रणवीर सिंह र रणवीर कपूर दुई सुपरस्टार हुन् जससँग काम गर्ने मेरो ठूलो इच्छा छ । म चाहन्छु कि जब पनि मलाई मौका मिल्छ, म पक्कै पनि उहाँहरूसँग काम गर्छु ।’