२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवद्र्धन केन्द्रका रुपमा विकास गर्नुपर्छ: स्वर्णिम वाग्ले



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भन्सारलाई एकीकृत व्यापार एवं उद्योग प्रवद्र्धन केन्द्रका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभाको बैठकमा भन्सार विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा मात्रै लिनु नहुने बताउनु भयो । उहाँले नेपालमा भन्सार बद्नाम शब्दका रुपमा चिनिएको बताउनु भयो । उहाँले भन्सार मालदार अड्डा, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारको पर्याय बनेको बताउनु भयो । उहाँले भन्सार एजेण्टहरको लाइसेन्स पनि उचित नियमन हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालमा भन्सार एउटा बद्नाम शब्द बनेको छ । यो मालदार अड्डाका रुपमा चिनिन्छ, पैसा कमाउने थलो, सेटिङ चुहावट, तस्करी, कर छली, अवैध व्यापारका लागि पर्याय नै बनेको छ । भन्सार एजेण्टहरको लाइसेन्स पनि उचित नियमन नहुने, बिक्री हुने, भाडामा इत्यादि । भारतीय विचौलियाहरु आएर विचौलियाहरुको बिगबिगी भन्ने जुन छ, त्यो सुधार आवश्यक छ । उद्यमी व्यवसायी हैरानी हुने, उपभोक्ताहरु सास्तीमा पर्ने कुराहरुलाई मिलाउने गरेर नै हामी अघि जानुपर्छ । डिजिटलाइजेशनको भरपुर उपयोग गरेर हामीले भन्सार नाकाहरुलाई आइल्याण्ड अफ एक्सिलेन्सकै रुपमा अघि जानुपर्ने हुन्छ । भन्सारलाई राजश्व संकलन केन्द्रका रुपमा लिइरहेको छ, त्योबाट सिफ्ट आवश्यक छ । एकीकृत व्यापार एवं उद्योग प्रवद्र्धन गर्ने एकोसिस्टमकै अंग बनाउने गरी हाम्रो सोच परिवर्तन आवश्यक छ ।’

उहाँले भन्सारमा डिजिटलाइजेशनको भरपुर उपयोग गर्न आवश्यक रहेको बताउनु भयो ।