३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलाभेजमाथी बार्सिलोनाको शानदार जित



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगामा गएराति भएको खेलमा कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५१ ले पराजित गरेको हो । जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा गोल गरे । यस्तै ट्रिनकाओले २९औं र ७४औं तथा जुनियर फिर्पोले ८०औं मिनेटमा गोल गरे । अलोभेजका लुइसले एक गोल फर्काए ।

जितपछि २२ खेलबाट ४६ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको एट्लेटिको ५४ अंकसहित शीर्ष स्थानमा छ ।