२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलाभेजमाथी बार्सिलोनाको शानदार जित



अ+ अ-

काठमाडौं । स्पेनिस ला लिगामा गएराति भएको खेलमा कप्तान लिओनल मेसीले दुई गोल गरेपछि बार्सिलोनाले अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ । घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५१ ले पराजित गरेको हो । जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा गोल गरे । यस्तै ट्रिनकाओले २९औं र ७४औं तथा जुनियर फिर्पोले ८०औं मिनेटमा गोल गरे । अलोभेजका लुइसले एक गोल फर्काए ।

जितपछि २२ खेलबाट ४६ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको हो । एक खेल कम खेलेको एट्लेटिको ५४ अंकसहित शीर्ष स्थानमा छ ।