२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यानचेस्टर सिटी सात अंकले अगाडि



अ+ अ-

लन्डन । इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा सात अंकको अग्रता खोल्नको लागि म्यानचेस्टर सिटीले टोटनहमलाई सजिलै ३–० ले हरायो । सिटीले आफ्नो अपराजित यात्रालाई शनिबार १५ खेलसम्म पुर्‍याएको छ । 

यसमा इलकयी गुन्डोगनले दुई तथा रोडीले एक गोल गरे । यो जितपछि सिटीको २३ खेलबाट ५३ अंक भएको छ । लेस्टर सिटी ४६ अंकसाथ दोस्रो स्थानमा उक्लेको छ ।

उसले लिभरपुललाई अर्को खेलमा ३–१ ले हरायो । शनिबारको अर्को खेलमा बर्नलीले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेर पुछारतिर आफ्नो पकड बलियो बनायो । बर्नलीको २६ अंक भएको छ । शनिबार नै ब्राइटन र एस्टन भिल्लाबीचको खेल गोलरहित बराबरीमा टुंगियो ।