२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण News Polar आरुघाट पुलमा बेलीब्रिज निर्माणका लागि सात ट्रक सामग्री News Polar पर्वतीय विपद् व्यवस्थापनका लागि नीतिगत पुनरावलोकन गर्नुपर्ने News Polar स्याफ्रुबेसी पुगेर प्रचण्डको अपिल : जलवायु न्यायका लागि नेपाललाई क्षतिपूर्ति देऊ News Polar नेपालले ओमानलाई दियो २६४ रनको लक्ष्य News Polar वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते

दाँतको समस्या र दुखाइबाट पिडित हुनुहुन्छ ? दाँतको दुखाइबाट छुटकारा पाउँन यसो गर्नुहोस् !

दाँतको समस्या र दुखाइबाट पिडित हुनुहुन्छ ? दाँतको दुखाइबाट छुटकारा पाउँन यसो गर्नुहोस् !
अ अ+ अ-

काठमाडौं । दाँतको सोझो सम्बन्ध पाचन पक्रियासँग हुन्छ । दाँतले राम्ररी चपाएको खानेकुरा पाचन यन्त्रमा पुगेपछि शरीरले ग्रहण गर्छ । त्यसैले कुनैपनि खानेकुरा विस्तारै एवम् राम्ररी चपाएर खानुपर्छ भनिन्छ । अतः यसरी खानेकुरा चपाउनका लागि दाँत बलियो हुनुपर्छ । बलियो भएर मात्र पुग्दैन, सफा पनि हुनुपर्छ । किनभने खानेकुरा चपाइरहँदा त्यसमा दाँतको फोहोर मिसिनु हुँदैन । दाँत अस्वस्थ्य भएमा खानेकुरा स्वत दूषित हुन्छ । शारिरिक सुन्दरता कायम राख्नका लागि दाँतले प्रमुख भूमिका खेलेको हुन्छ । मानिसले मुसुक्क हास्दा राम्रो देखिन्छ । त्यहि माथि राम्रो दाँत छ भने त सुनमा सुगन्धनै हुन्छ ।

दाँतको हेरचाहा र ब्रस गर्दा ध्यान दिनु पर्ने कुराहरु :

१) बल लगाएर दाँत नमाझौँ : बल लगाएर दाँत माझ्दा बढी सफा हुन्छ भन्ने भ्रममा नरहनुस् । यसो गर्दा फाइदा कम नोक्सान बढी हुन्छ । बल लगाएर माझ्दा तपाईको गिजाको तन्तु र दाँतको इनामेलमा नोक्सान पुग्छ । यति मात्र होइन, आवश्यकता भन्दा बढी समयसम्म दाँत माझ्नुसमेत फाइदाजनक हुँदैन । यसैले सधैं नरम ब्रसले दाँत र गिजामा सामान्य दबाब दिँदै दाँत माझ्ने गर्नुस् ।

२) केही खाए लगत्तै कुल्ला गरौँ : हामीले मुख्य आहारबाहेक गुलियो, बिस्कुट आदि खाद्यपदार्थ खाएलगत्तै राम्ररी कुल्ला ग¥यौँ भने दाँतको समस्या हतपती हुन पाउँदैन । पानीले कुल्ला गर्दा दाँतमा अडकिएर बसेका अन्नकणहरू सहजै बाहिर निस्किन्छन् र दाँत सफा हुन्छ ।

३) दतिवन पनि राम्रो : हाम्रा गाउँघरतिर दतिवनले दाँत माझ्ने गरिन्छ । अझ त्यहाँ मौसम विशेषअनुसार नीम लगायतका विभिन्न वनस्पतिको हाँगालाई दतिवन बनाएर दाँत माझ्दा यसले मुख स्वास्थ्यमा विशेष फाइदा पुर्‍याउने मान्यतासमेत छ । दतिवन पनि दिनहुँ दुईपटक गर्नुपर्ने औल्याउँदै डा. कोइराला भन्छन्, ‘अझ नुनमा दतिवन वा औँला चोपेर दाँत माझ्दा निकै फाइदा हुन्छ ।’

कसरी ब्रस गर्ने त ?

ब्रसमा पेस्ट लगाएर दाँत, गिजा एवं दाँतको मिलन स्थल इनामेलमा राखेर ब्रसलाई दाँतमा बिस्तारै तलमाथि, अगाडि–पछाडि, दायाँ–बायाँ ४५ डिग्रीको कोणमा घुमाउनुपर्छ । यही प्रक्रिया सबै दाँतका लागि अपनाउनुपर्छ । यस्तै, हरेक दाँतको भित्री सतहलाई समेत बिस्तारैबिस्तारै सफा गर्नुपर्छ । दाँतको चपाउने सतहमा ब्रसलाई राखेर अगाडि–पछाडि चलाउनुपर्छ । तालु र जिब्रोतिरको खण्डलाई सफा गर्न ब्रसको अगाडिको खण्ड उपयोग गर्नुपर्छ । ब्रस गरेपछि राम्ररी कुल्ला गर्नुपर्छ र गिजालाई हल्का मालिस गरेर पुनः राम्ररी कुल्ला गर्नुपर्छ । बिहानजस्तै रातिसमेत यसै प्रकारले नियमित ब्रस गर्ने प्रक्रिया दोहो¥याउनु पर्छ । दाँत सफा गरेपछि जिब्रोसमेत सफा गर्न बिर्सनु हुन्न ।

यी खानेकुरा खानुस् ​दाँत चम्काउनुस्

– दिनहुँ कम्तिमा एक गिलास दुध पिउने

– किबी फल खाने

– स्याउ खाने

– नाशपाती खाने

– सुन्तलाको जुस सेवन गर्ने

– तिल चपाउने

– खाना वा खाजा खाइसकेपछि अलिकति भएपनि सोँफ चपाउने

– चुइंगम चपाउने

– चीज तथा पनीर खाने

– प्रसस्त पानी पिउने

दाँतका रोग निको हुने केहि घरेलु उपाय

  • काँक्रो : काँक्रो टुक्रा पारेर दाँतमा राख्दा पनि दुखेको ठाउँमा राहत पुग्छ।
  • टिब्याग : दाँत दुखेको ठाउँमा तातो टिब्याग राख्दा पनि राम्रो हुन्छ । टिब्यागमा भएको ट्यान्निक एसिडले गिजा फुल्नबाट रोक्छ ।
  • अदुवा : अदुवाको बोक्रा ताछ्नुस् र यसलाई टुक्रा टुक्रा बनाउनुस् । त्यसपछि दुखेको दाँतनेर लगेर मजाले चपाउनुस् । बिस्तारै दुखाइ कम हुँदै जान्छ
  • ल्वाङको तेल : दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल अत्यन्तै प्रभावकारी हुन्छ । ल्वाङको तेलका दुईतीन थोपा एउटा कपासको डल्लोमा भिजाउनुस् ।अनि त्यसमा एक चौथाइ चम्चा जैतूनको तेल मिसाउनुस् । त्यसपछि दुखेको दाँतमा यो राखेर मुख बन्द गर्नुस् । यसले दुखाइ कम गर्छ ।
  • खोकीको गोली : खोकी लाग्दा खाने गोलीहरूले पनि दाँतको दुखाइ ठीक पार्छन् । यस्ता गोली चुस्नुस् । गोली नचबाउनुहोला है।

आजकाल युवायुवतीले दाँत बाध्ने गरेको देखिन्छ किन होला ?

  • दाँत बाँध्ने काम दिन प्रतिदिन बढ्दो छ । अनुहारको रुपमा सुन्दरता ल्याउनका लागि दाँत बाँधेर साइजमा ल्याउने कार्य भएको हो । दाँत विग्रिएका सबै उमेरका व्यक्तिले दाँत बाँधेर मिलाउने गर्छन् ।
  • यो प्रक्रिया अलिक लामो र महँगो मानिन्छ । तर, दाँत बाँध्ने गर्दा सौन्दर्यता बढाउँछ । दाँत छिद्रो भएको वा दाँत बाहिर उछिट्टिएको भएमा पनि बाँधेर मिलाउने गरिन्छ ।

दाँत बाँधेर मिलाउन कित खर्च लाग्छ ? : यो प्रविधि अलिक महँगो मानिन्छ । नेपालमा न्यूनतम २० हजारदेखि २ लाख ५० हजारम्म खर्च लाग्छ ।

दाँतको हेरचाह कसरि गर्ने ? : हामीले दाँत, गिजा र जिब्रोमा खासै ध्यान दिँदैनौ । यी कुरालाई समयमा ध्यान दियौँ भने धेरै रोगबाट बच्न सकिन्छ । यी तीन कुरालाई ध्यान दिने हो भने ७० प्रतिशतसम्म स्वास्थ्य सुरक्षित रहन सक्छ ।

ब्रस कसरी गर्ने ? कुन–कुन समय गर्ने ? : विशेष गरेर बिहान र बेलुका दुई पटक ब्रस गर्नुपर्छ । त्यो पनि खाना खाएपछि मात्रै ब्रस गर्नुपर्छ । ब्रस गर्नु भनेको खानाखाएपछि दाँतमा अड्किएका कुरा बाहिर हटाएर मुखको सफई गर्नु हो । बालबच्चा र सबै उमेरका व्यक्तिले खानाखाएपछि बिहान र बेलुका दुई पटक अनिवार्य ब्रस गर्नुपर्छ ।

दाँतमा किरा लग्नु भनेको के हो ?  : दातमा किरा लाग्ने समस्या फास्ट फुड र सरसफाइको कमीले हो । विभिन्न खालका केमिकल मिसिएको खानेकुरा खाँदा दाँत दुख्ने समस्या हुन्छ । चटपटे खादा पनि दाँत दुख्ने समस्या आउन सक्छ । चटपटे खाँदा त्यसले दाँतको इनामेल घटाउने गर्छ । अर्थात त्यस्ता खानेकुरामा विभिन्न केमिकल मिसिएका हुन्छन् । केमिकलले दाँतमा खानेकुरा अड्कियो वा खानेकुरा कुहियो भने पनि दाँत दुख्छ । दाँतमा किरा लाग्ने होइन । ब्याक्ट्रियाले दाँत दुख्ने । बेक्ट्रिया इन्फेक्सनले मान्छेलाई हैरान बनाउँछ । चलनचल्तीमा दाँत किराले खाएर दुख्यो भन्ने गरिन्छ । तर, किराले दाँत दुख्ने भन्दा पनि फोहर र ब्याक्ट्रियाले दाँत दुख्छ । दाँतमा किरा हुँदैन । फोहर भयो भने दुख्ने हो ।

श्वास किन गन्हाउँछ ? : दाँतको बीचमा जमेको फोहरले गर्दा श्वास गन्हाउने हो । दाँतको सफाइमा कमी भयो भने श्वास गन्हाउँछ । वा पेटको रोगले पनि श्वास गन्हाउन सक्छ ।

दाँतको आयु कति हुन्छ ? : दाँतको आयु यति भन्ने हुँदैन । दाँतको आयु बाँचुञ्जेल हुन्छ । हेरचाह गर्नुपर्छ । सफाइ गरियो भने जिन्दगीभरि दाँत सुरक्षित हुन्छ । दाँतमा समस्या भयो भने नयाँ दाँत पनि लगाउन मिल्छ । बच्च अवस्थामा दाँतको सफाइमा ध्यान दिनुपर्छ । ७०–८० वर्षसम्म दाँतले काम गर्छ । मानिसका २० वटा दाँत फेरिने अवस्थामा रहन्छन् । दुधे दाँत र स्थायी दात दुई प्रकारका हुन्छ । दाँत ५२ वटा हुन्छन् । ती दाँत फेरिने र नफेरिन दुई प्रकारका हुन्छन् ।

गिजा किन दुख्छ ? : बुद्धिबंगारालाई ठाउँ भएन भने दुख्ने हो । मानिसको खानपिनले गर्दा वृत्तिविकासमा समस्या भएको छ । गिजामा ठाउँ भएन भने गिजा दुख्छ । हड्डीको स्टक्चरले गर्दा पनि गिजा दुख्ने हो । फिजियो लोजिकल वा प्याथोलोजिकले गर्दा पनि गिजा दुख्छ । दाँतमा किरा अर्थात ब्याक्टेरिया लागेर पनि गिजा दुख्ने गर्छ ।

मुखमा घाउ खटिरा किन आउँछ ? : सरसफाइका कारणले घाउ खटिरा आउने हो । घाउ खटिरा विभिन्न रोगले पनि आउने गर्छ ।

दाँतको सौन्दर्यता कसरी बनाउने ? : शरीरको अंगमध्ये दाँत सबैभन्दा महत्वपूर्ण मानिन्छ । यसले सौन्दर्यता दिन्छ । यसको सौन्दर्यतालाई खाने कुराबाट नै ध्यान दिने हो । जथाभावी रुपमा खानु हुँदैन । जे खानेकुरा खाए पनि दाँतलाई समयमा सफा गर्न भुल्नु हुँदैन । नियमित उपचार नै दाँतको सौन्दर्यताको उपयुक्त बिकल्प हो ।

दाँतबाट ठूला रोग लाग्छ कि लाग्दैन ? : क्यान्सरका बिरामीहरू मुखका कारण ज्यान गुमाउनुपर्ने अवस्थासम्म पुगेका हुन्छन् । दाँतबाट नै धेरै ठूला रोग लाग्न सक्छ ।

सुर्ती खाँदा दाँत बलियो हुन्छ भन्छन् ? : त्यो कदापि पनि होइन । बरु सर्ती खाने गर्दा मुखको क्यान्सर हुने गर्छ । ठूलो रोग लाग्ने गर्छ । मान्छेको ज्यान पनि जान्छ । दाँतलाई सुर्तीले कहिले पनि सहयोग गर्दैन । सुर्ती र चुरोटले प्राणघातका रोग निम्त्याउँछ । दाँत दुख्दा निको पार्न खाने पेनकिलरले किड्नी र अन्य अंगलाई असर पुर्‍याउँछ । चिकित्सकको सल्लाहमा औषधि र पेनकिलर प्रयोग गर्नुपर्छ । जथाभावी औषधि प्रयोग गर्नु हुँदैन । तपाईलाई यो जानकारी कस्तो लाग्यो रु हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग हुनेछ । एजेन्सीको सहयोगमा