काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य सामान्य रुपमा बढेको छ ।
सुनको मुल्य तोलामा रु २ सय रुपैयाँले बढेको हो । हिजो (सोमबार) प्रति तोला रु ९० हजार ७ सय रुपौयाँमा कारोबार भईरहेको सुनको मुल्य आज रु २ सय रुपैयाँले बढेर छापावाला सुनको मुल्य प्रति तोला रु ९० हजार ९ सय र तोजावी सुनको मुल्य प्रति तोला रु ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १३६० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।








