२४ जेष्ठ २०८३, आईतवार
,
Latest
क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार कोरोना संक्रमितको संख्या १०५ जना थप्यो



अ+ अ-

काठमाडौं । मंगलबार नेपालमा थप १०५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ३२६० जनाको गरिएको पीसीआर परीक्षणमा १०५ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ९९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६९ हजार ३ सय ३ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ७ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट गत २४ घण्टामा मृत्यु शुन्य रहेको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या भने २०५५ रहेको छ । गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा ३७, भक्तपुरमा ४ र ललितपुरमा ६ जना संक्रमित थपिएका छन् ।  ।