४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

ग्लोबल आइएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, पाँचहजार बढीको सहभागिता

ग्लोबल आइएमई बैंकका थप ४१ शाखाद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम आयोजना, पाँचहजार बढीको सहभागिता
अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहूँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी बैंकका थप ४१ वटा शाखा कार्यालयद्वारा एकसाथ वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरु, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरुको सहभागिता रहेको थियो ।

मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५,००० भन्दा बढी व्यक्तिहरुलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

बैंकले कोशी प्रदेशको झापा जिल्ला, दमक नगरपालिका र मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिकामा आयोजना गरेका कार्यक्रमहरुमा २५० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो । मधेश प्रदेशअन्तर्गत सर्लाही जिल्लाको मलंगवा नगरपालिकामा गरिएको कार्यक्रममा १०० भन्दा बढिको सहभागिता थियो ।

बागमती प्रदेशअन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका, रामेछाप जिल्लाको दोरम्बा शैलुङ गाँउपालिका, मन्थली नगरपालिका, काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, धादिङ जिल्लाको गल्छी गाँउपालिका, रसुवा जिल्लाको कालिका गाँउपालिका र गोसाईकुण्ड गाँउपालिकामा आयोजित कार्यक्रमहरुमा १,२०० भन्दा बढि व्यक्तिहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी, गण्डकी प्रदेशअन्तर्गत स्याङजा जिल्लाको वालिङ्ग नगरपालिका, नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका, कावासोती नगरपालिका, विनयी–त्रिवेणी गाँउपालिका, लमजुङ जिल्लाको बेशीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका र तनहूँ जिल्लाको भानु नगरपालिकाको कार्यक्रममा ९०० भन्दा बढी स्थानीयहरुको सहभागिता रहेको थियो ।
लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तु जिल्लाको महराजगंज नगरपालिका, बाणगंङ्गा नगरपालिका, दाङ जिल्लाको दंगीशरण गाँउपालिका, राप्ती गाँउपालिका, गुल्मी जिल्लाको मालिका गाँउपालिका, मुसीकोट नगरपालिका, चन्द्रकोट गाँउपालिका, नवलपरासी जिल्लाको रामग्राम नगरपालिका, पाल्पा जिल्लाको पूर्वखोला गाँउपालिका, रोल्पा जिल्लाको रोल्पा नगरपालिका, रुपन्देही जिल्लाको देवदह नगरपालिका, बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, रोहिणी गाँउपालिका, सिद्धार्थनगर नगरपालिका, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा आयोजित कार्यक्रममा २,५०० भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको थियो ।

साथै, सुदूरपश्चिम प्रदेशअन्तर्गत बैतडी जिल्लाको डिलासैनी गाँउपालिका, डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिकाको कार्यक्रममा २०० भन्दा बढी लक्षितवर्गहरुको सहभागिता थियो । यससँगै ग्लोबल आइएमई बैंकले ७६ शाखा कार्यालयहरुबाट ९,००० भन्दा बढी लक्षित वर्गहरुलाई विभिन्न सचेतनात्मक तथा वित्तीय सुरक्षासम्बन्धी जानकारी प्रदान गरी बैंकिङ्ग कारोबार गर्न उत्प्रेरित गरेको छ । यस आर्थिक वर्षमा बैंकले आफ्ना ३५० भन्दा बढी शाखाहरुमार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।