६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ मन्त्रीको सपथको समय सर्‍यो, प्रचण्ड भेट्न बालुवाटार तेर्सिए माधव नेपाल



अ+ अ-

काठमाडौँ । आज थपिएका मन्त्रीहरुको सपथ ग्रहण समारोह सरेको छ । साँझ ५ बजे हुने भनिएको सपथ ग्रहण अब पौने ६ बजे हुने भएको छ । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति भवनमा समय सरेको जानकारी दिएको छ ।

उता, ‘सर्त पुरा गरे मात्रै’ सरकारमा सहभागी हुन सक्ने निर्णय नेकपा एकीकृत समाजवादीले गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाइ बालुवाटारमा कुरिरहेका छन् ।

उनीसँगै उपाध्यक्ष प्रवेश हमाल र महासचिव घनश्याम भुसाल पनि बालुवाटार पुगेको प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग कुराकानी गरेपछि मात्रै सपथ ग्रहण समारोहमा सहभागी हुन शितल निवास जाने बुझिएको छ ।