१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

तराई मधेसमा पिउने पानी र सिँचाइको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण



file photo
अ+ अ-

काठमाडौँ । तराई-मधेस क्षेत्रमा पिउने पानी तथा सिँचाइको अभावका कारण जनता प्रभावित भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद तुलसाकुमारी दाहालले मधेसका जनतालाई शुद्ध पिउने पानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले चुरेको दोहन रोकेर संरक्षण गर्न, मधेसका जलाशयको संरक्षण गर्न तथा अन्न भण्डारको क्षेत्र रहेको मधेसमा सिँचाइको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो । सांसद् जगप्रसाद शर्माले विनियोजित बजेट खर्च नहुने प्रवृत्तिको अन्त्य हुनुपर्ने उल्लेख गर्दै समस्याको समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद तारामान स्वाँरले सुदूरपश्चिमको विकास र अर्थतन्त्रको मेदरुदण्डमा रहेका सेती र महाकाली लोकमार्ग निर्माणलाई तीव्र बनाउन तथा आगामी आवका लागि बजेटको सुनिश्चितता गराउन माग गर्नुभयो । सांसद भगवती न्यौपानेले भानुभक्तको जन्मस्थललाई पर्यटकीय स्थलका रुपमा विकास गर्न आग्रह गर्नुभयो ।

सांसद बिमला घिमिरेले मिटरव्याज पीडित तथा किसानका माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुमित्रा विसीले जाजरकोटका भूकम्पपीडित पालभित्र बस्न बाध्य रहेको उल्लेख गर्दै तत्काल आवास पुन:निर्माणको प्रक्रिया अघि बढाउन सुझाव दिनुभयो । रासस