२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा, हालाण्ड एक्लैले गरे ५ गोल, डि ब्रुएनाको ४ असिस्ट



अ+ अ-

काठमाडौँ । म्यान्चेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा सिटीले लुटन टाउनलाई ६–२ गोलले पराजित गर्दै अन्तिम ८ को यात्रा तय गरेको हो ।

सिटीलाई फराकिलो जित दिलाउन एर्लिङ हालाण्ड एक्लैले ५ गोल गरे । यस्तै माटेओ कोभासिचले एक गोल गरे । लुटनका लागि दुबै गोल जोर्डन क्लार्कले गरेका थिए । जोर्डनले ४५ औं र ५२ औं मिनेटमा गोल गरेका हुन् ।

खेलको तेस्रो मिनेटमा नै हालाण्डले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि उनले १८,४०,५५ र ५८ औं मिनेटमा गोल गरे । कोभासिचले ७२ औं मिनेटमा गोल गरे । हालाण्डको चार गोलमा केभिन डी ब्रुएनाले असिस्ट गरेका थिए । डि ब्रुएनाले चार असिस्ट गरेका हुन् ।