२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फा साधारणसभाको बन्द सत्रअघि विवाद, बहुमत केन्द्रीय सदस्यद्वारा बहिष्कार



अ+ अ-

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)को वार्षिक साधारणसभा काठमाडौँमा जारी छ । यसैबीच, साधारणसभामा बन्द सत्र सुरू हुनुअघि विवाद भएको छ । एन्फा कार्यसमितिको २१ मध्ये ११ जनाले उद्घाटन सत्रमा समेत भाग लिएनन् । राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले साधारणसभाको उद्घाटन सत्रको औपचारिक सुरु गरेका थिए ।

कार्यसमितिबाट पास नभएको एजेन्डा साधारणसभामा पेश गर्दै अनुमोदन गर्न लागेको भएको भन्दै वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्षद्वय दीर्घबहादुर केसी र विराटजंग शाही, केन्द्रीय सदस्यहरु रमेश व्यन्जनकार, अनिल मल्ल, भोजराज शाही, रविन्द्र चन्द, मनिष जोशी र रुपेश अधिकारीले बहिष्कार गरेका हुन्। उनीहरूले आइतबार एन्फामा अहसमति पत्र दर्ता गराएका थिए ।

यस्तै बी डिभिजनका १३ क्लबले पनि बन्दसत्र बहिष्कार गरेका छन् । एन्फाका पूर्व अध्यक्ष एवं ए डिभिजन क्लब हिमालय शेर्पाका‌ अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यसमितिका‌ बहुमत सदस्यको उपस्थिति नरहेको साधारण सभाको औचित्य नरहने भन्दै सभाबाट बाहिरका‌ थिए ।‌

अहिले साधारण सभाको‌ बन्द सत्र जारी छ ।

 

 




भर्खरै