१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ३ बजे मन्त्रिपरिषद्को बैठक आज बस्दै News Polar सुनचाँदीको मूल्य घट्यो News Polar चार दिनको वर्षा: पाँच सय ४२ विपद्का घटना News Polar ८५ संस्थालाई नेतृत्वविहीन बनाउने गरी अध्यादेश ल्याएको भन्दै सांसद शर्माको आलोचना News Polar ‘केही नेपाल ऐन व्यवस्था जगाउने विधेयक’ कानूनी सिद्धान्तविपरीत : सांसद कँडेल News Polar केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास News Polar डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक प्रतिनिधि सभामा पेश News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन

बागमती प्रदेश: संसदीय समितिको नेतृत्व चयनका लागि कार्यदल गठन

बागमती प्रदेश: संसदीय समितिको नेतृत्व चयनका लागि कार्यदल गठन
अ अ+ अ-

मनहरी । फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो ।

नेतृत्व चयनका लागि बैठकले दलका सचेतकको नेतृत्वमा एउटा कार्यदलसमेत गठन गरेको छ । कार्यदलको संयोजकमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका सचेतक गोविन्द लम्साल हुनुहुन्छ । कार्यदललाई १० दिनभित्र आवश्यक छलफल गरी प्रतिवेदन तयार गर्न निर्देशन दिइएको छ ।

प्रदेशसभा बैठक सञ्चालन गर्ने सम्बन्धमा सबै दल सकारात्मक रहे पनि ठोस निर्णय भने सर्वदलीय बैठकमा हुन सकेन । संसद् सञ्चालनका विषयमा दलबीच सहमति जुट्न नसकेपछि यही फागुन १५ गते बिहान ८ बजे पुन:सर्वदलीय बैठक बस्ने गरी आइतबारको बैठक स्थगित भएको थियो । सो बैठकमा सत्तापक्ष र विपक्षी दलबीचको सहमति, अन्तद्वन्द्वलाई समाधान गर्ने प्रयास हुने जनाइएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हिजोको छलफलमा संसद् सञ्चालनको विषयसहित अन्य विषयमा छलफल भए पनि सहमति जुट्न नसकेको बताउनुभयो । उहाँले सदन सञ्चालनका विषयमा सबै दल सकारात्मक रहे पनि अन्य विषयमा भने सहमति जुट्न नसकेको उहाँको भनाइ छ । संसद् र संसदीय समितिको नेतृत्वका विषयमा पनि दलबीचको समस्या समाधान भएको उहाँको भनाइ छ । उहाँका अनुसार सरकार र प्रतिपक्ष दलबीचको सहमतिलगायत विषयमा अन्य विकल्पमा सहमति खोज्ने प्रयास जारी छ ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले छलफलमा सहमति जुट्न नसकेको र प्रयास जारी रहेको बताउनुभयो । उहाँले सरकार र प्रतिपक्षबीचको सहमतिका विषयमा गम्भीररूपमा छलफल भइरहेको उल्लेख गर्नुभयो । रासस