२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो वार्ता टोली



अ+ अ-

काठमाडौं । मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले वार्ता टोली बनाएको छ । गृह मन्त्रालयले सह–सचिव रूद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन भएको हो ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति केन्द्रीय सचिवालय सदस्य अजय कार्कीले वार्ता जाने विषयमा छलफल भईरहेको बताए ।

यसअघि मन्त्रालयले मिटरब्याज तथा ठगीविरुद्ध किसान मजुदर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहालाई सम्बोधन गरेर वार्ताका लागि पत्र पठाएको थियो । तर, व्यक्तिगत रुपमा सम्बोधन गरेर पत्र पठाएको भन्दै समितिले छलफलमा नजाने निर्णय गरेको थियो ।

पछि फेरी मन्त्रालयले समितिको नाममा पत्र पठाएपछि उनीहरु वार्ताको लागि तयार भएका हुन् । पत्रमा सह–सचिव पण्डितको नेतृत्वमा समिति बनाइएको र पीडितका तर्फबाट पनि ५ सदस्यीय टोली गठन गरेर आउन भनिएको छ ।

देशभरका मिटरब्याजी पीडितहरू विगत २६ दिनदेखि आन्दोलन गर्दै आएका छन् । पूर्वको मेचीदेखि पश्चिमको महाकालीबाट पैदलयात्रा गरेर काठमाडौँ आइपुगेका उनीहरु सिंहदरबार तथा भृकुटीमण्डप केन्द्रित आन्दोलन गरिहेका छन् ।