२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

फेसबुकबाट यी ११ कुराहरु नहटाइए पछुताउनु हुन्छ, ध्यान दिनुहोस्

फेसबुकबाट यी ११ कुराहरु नहटाइए पछुताउनु हुन्छ, ध्यान दिनुहोस्
अ अ+ अ-

काठमाडौं । सोसल नेटवर्किङ साइट फेसबुक हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । तर यो कहिले काँही हाम्रो लागि समस्या पनि बन्न सक्छ । हाम्रो निजि जानकारी फेसबुकमा हुने भएका कारण मानिसहरुले यसको गलत फाइदाँ उठाउने गर्दछन् । फेसबुकमा हाल्न नहुने ११ कुराहरु यस्ता छन् :

१) मोबाइल नम्बर- तपाईको मोबाइल नम्बर तुरुन्त हाइड गर्नुहोस् । फेसबुक पेजमा कहिले पनि फोन नम्बर नहाल्नुहोस् । मानिसहरुले यसका गलत फाइदाँ ढिलो चाँडो तपाईबाट उठाउनेछन् ।

२) जन्मदिन- ह्याकरले तपाईको जन्मदिनले नै तपाईको निजि जिन्दगीमा खलबली मच्चाइदिन सक्छन् । यसमार्फत उनीहरु तपाईंको बैंकसम्म पुग्नसक्छन् जसका कारण तपाईंले निकै समस्या झेल्नुपर्ने हुन्छ ।

३)वास्तविक साथीलाई मात्र फेसुबकमा प्रवेश- अपरिचित मानिसहरुको फ्रेन्ड रिक्वेष्ट कहिले पनि असेप्ट नगर्नुहोला । आफ्नो चिनजानका साथीलाई मात्र यहाँ राख्नु बुद्धिमानी हुनेछ ।

४) रिलेसनशीप स्टेटस- यदि तपाई कोही मानिसको प्रेममा हुनुहुन्छ अथवा कसैसँग ब्रेकअप भएको छ भने यस्ता कुराहरु फेसबुकमा समावेश नगर्नुहोस् । अरुले फाइदा उठाउनेछन् ।

५) क्रेडिट कार्ड डिटेल्स- क्रेडिट कार्डको डिटेल्स कहिले पनि फेसबुकमा नराख्नुहोस् । अकाउन्ट ह्याक हुने सबैभन्दा ठूलो डर यसैबाट हुन्छ ।

६) आफ्नो बसलाई नजोड्नुहोस्- यो तपाईको पर्सनल स्पेश हो । तपाईको कुरा तपाईंको बसलाई नरम्रो लाग्न सक्छ जसका कारण तपाईले अफिसमा झेल्नुपर्ने हुनसक्छ ।

७) आफ्नो लोकेसन कहिले पनि नबताउनुहोस्- फेसबुकमा तपाई आफ्नो लोकेशन कहिले पनि ट्याग नगर्नुहोस् । थाहा छैन, कसले तपाईमाथि नजर गाडिरहेको छ ।

८) छुट्टिको जानकारी नदिनुहोस्- याद राख्नुहोस्, यसो गर्दा तपाईले ठूलो नोक्सानी व्यवहोर्नु पर्ला । यस्तो हुनसक्छ कि तपाईंले फेसबुकमा १५ दिनको लागि छुट्टीमा जाँदैछु भनेर लेख्नुभएको छ र त्यही १५ दिनमा तपाईको घरमा चोरी पनि हुनसक्छ । त्यसकारण यस्ता कुराहरु फेसबुकमा नराख्दा राम्रो ।

९) परिवारको तस्बिर नराख्नुहोस्- यस्तो गर्दा तपाईले आफ्नो दुश्मनहरुलाई पनि आफ्नो परिवारसम्म पुर्याइरहनु भएको छ । परिवारको तस्बिर हाल्न तुरुन्त बन्द गर्नुहोस् ।

१०) बालबच्चाको स्कूलको जानकारी नहाल्नुहोस्- तपाईको आफ्नो साथीभाइसँग धेरै कुरा भन्न खोज्नुहुन्छ होला तर यसो भन्दैमा फेसबुकमा आफ्नो बालबच्चाको केही पनि जानकारी नहाल्नुहोस् । उनीहरुको स्कूलको केही गतिविधि पनि नहाल्नुहोस् । यसो गर्नुहुन्छ भने तपाईंलाई बेफाइदा नै हुन्छ ।

११) लोकेशन सेटिङ्ग सधैं बन्द राख्नुहोस्- आइफोन होस् वा एन्ड्रोइड, लोकेसन सेटिङलाई सधैं बन्द राख्नुहोस् । यसो गर्दा तपाईको स्थिती बारे अरुलाई थाहा हुन्छ र खबर पाएलगत्तै त्यस्ता व्यक्तिले केही भिन्न प्लानिङ गरेर तपाईंलाई हानी पुर्याउन सक्छ । एजेन्सीको सहयोगमा ।