२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक पोस्टर सार्वजनिक



अ+ अ-

काठमाडौँ । महेश त्रिपाठी अभिनित चलचित्र ‘खजुरे ब्रो’ को फस्टलुक्स पोस्टर सार्वजनिक भएको छ । आगामी नयाँ वर्षको वैशाख २८ गते रिलिज मिति तोक्दै चलचित्र ‘खजुरे ब्रो’को फस्टलुक्स पोस्टर सार्वजनिक गरीएको हो । चलचित्रका मुख्य कलाकार महेश त्रिपाठीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्टर पोस्ट गर्दै आफू फिल्मलाई लिएर उत्साहित भएको बताएका छन् ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको चलचित्र ‘खजुरे ब्रो’को सुटिङ एकहप्ता अघि मात्रै धरानमा सकिएको थियो ।

नविन मानन्धर र सुरज सुनुवार निर्माता रहेको चलचित्रका लेखक तथा निर्देशन सुरज सुनुवार हुन् । चलचित्रका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिशंखेको छायांकन रहेको चलचित्रमा अनमोल गुरुङको संगीत, सोनाली शिल्पकारको मेकअप रहेको छ ।

चलचित्रको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् । चलचित्रमा इन एसोसियसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज रहेको छ । लाइट कमेडीमा आधारित रहेर यो चलचित्रलाई निर्माण गरिएको छ ।

वैशाख महिनामा प्रदर्शन गरिने यो चलचित्रमा महेश त्रिपाठीसँगै रेयर राई, नीति शाह, नविन मानन्धर, प्रकाश भुजेल, विनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको अभिनय छ । यो चलचित्रमा दार्जिलिङका कलाकार शान्तिला तामाङको पनि अभिनय रहेको छ भने धरानका मेयर हर्क साम्पाङले अतिथि कलाकारको भूमिकामा रहेका छन् ।

 




भर्खरै